टोकियो, ५ मङ्सिर २०७५ | आजबाट टोकियोमा नेपाली चलचित्र ईतिहासमा निकै रुचाईएको चलचित्र छक्का पन्जा ३ हरेक दिन १ शो हुने हुने भएको छ । टोकियोको सिन्जुकुमा हुने शो को बुकिंग आजबाट खुल्ला गरिएको छ ।

यति बेला नेपाली सिने नगरीमा चलचित्र छक्का पन्जा ३ ले एक पछि अर्को रेकर्ड बनाउदै गैरहेको छ । देश भित्र मात्र नभई विदेश मा पनि चलचित्र छक्का पन्जा ३ को माग थेगी नसक्ने गरि बढेको छ । नेपाली चलचित्रको राम्रै बिदेशी बजार भनेर चिनिएको जापानमा छक्का पन्जा ३ ले अपेक्षा गरे भन्दा बढीको व्यापार गर्ने देखिएको छ। जापानमा यस अघि सम्म अन्य चलचित्रको हिसाबमा ५/७ स्थानमा सफल प्रदर्शन भैसकेको रेकर्ड रहेको थियो भने पहिलोपटक जापानमा १५ बढि स्थानमा सो हुने भएकोले अब यो रेकर्डलाई छक्का पन्जा ३ ले तोडिदिने भएको छ ।

नेपालीहरुको बाक्लो बसोबास हुदै गरेको जापानको भर्खरै नेपालका ख्यातिप्राप्त करिव ४ दर्जन कलाकारको साथमा सुर्य इन्टरनेशनल एवार्ड सम्पन्न गरेको सुर्य कर्पोरेसन लिमिटेडले नेपालमा निकै रुचाईएको चलचित्र छक्का पन्जा ३ को जापान राईट्स लिएसंगै नोभेम्बर १८ तारीक आईतबारको दिन टोकियोको पहिलो शो हाउसफ़ुल भएको थियो ।

चलचित्र हेर्ने तिब्र ईच्छ्याका बाबजुत समय नमिल्ने दर्शक महानुभावहरुको लागि यो एक खुसिको खबर मौक़ा हुनसक्ने बुजिएको छ । सिन्जुकु, सिनओकुवो र ओकुबो स्टेसनबाट १० मिनेटको दुरीको, सिन्जुकुको काबुकिच्योमा रहेको बादशाह रेश्टुरेन्ट एन्ड बारमा हुने शो हरेक दिन साँझ ६ बजेबाट ९ बजेसम्म चल्नेछ । अग्रिम बुकिंग गरेको खन्डमा २,००० र डोरमा ३,००० तय गरिएको टिकट दरमा १ पेय पदार्थ, फ्रि सर्भिसको ब्यवस्था गरिएको छ ।

चलचित्रको टिकट ३ तबरबाट बुकिंग गर्न सकिनेछ ।

1- मोबाईल नम्बर 080 9805 2008 वा ‭080 9055 8281‬ को Message Box वा Viber मा Message गरि Movie Show हुने Place, आवस्यक टिकट र नाम टिपाएर

2- सुर्य कर्पोरेसन लिमिटेड नामक फेसबुक वा Surya Corporation Limited नामको फेसबुक पेजमा Message गरि Movie Show हुने Place, आवस्यक टिकट र नाम टिपाएर

3- साथै यो लिंक बाट Online System बाट पनि टिकट बुक गर्न सकिनेछ । https://suryacorpo.com/online-ticketing/

टिकट बुक गरी चलचित्र प्रदर्शनको १ दिन अघि सम्म निम्न बैंक खातामा रकम दाख़िला गरी आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।

बैक खाता नम्बर निम्न अनुसार रहेको छ ।
जापान पोस्ट बैंक ( सुर्य कर्पोरेसन ) खाता नम्बर – १७७३०-७८६३३९१ ( ゆうちょ銀行/JP BANK ド)スリヤコ-ポレ-ション 17730-7863391 ) मा रकम दाख़िला गरेपश्चात। पैसा

चलचित्र प्रदर्शनको दिन टिकट बुकिंग Confirmation, रकम Transfer गरेको Slip को आधारमा गरिने हुंदा, टिकटको रकम जम्मा गर्नु भएको Transfer Slip सुरक्षित गरि राख्नुपर्ने जनाईएको छ ।

जापानको १५ बढि शहरहरुमा प्रदर्शन हुन लागेको चलचित्रको क्रमिक रुपमा मिति, समय र स्थान तय हुंदै गईरहेको कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले जानकारि दिएका छन । हालसम्म तय भएका मिति र स्थान हरु निम्नअनुशार रहेका छन ।

५ डिसेम्बर ओकिनावा,
८ डिसेम्बर फुकुओका,
१३ डिसेम्बर चिबा,
१६ डिसेम्बर तोचिगि,
२० डिसेम्बर ओशाका
२३ डिसेम्बर पुन: टोकियो

अन्य निम्न शहरहरुमा क्रमिक रुपमा छिटै प्रदर्शनको मिति पब्लिश गरिने कर्पोरेसनले बताएको छ ।

नागोया
सिजुओका
निगाता
गुन्मा
सेन्दाई
फुकुसिमा
योकोहामा
कोबे
हिरोसिमा
नागासाकी
ओगोरी
तोसु
कुरुमे
ईबाराकी
कुमामातो
किताक्युस्यु
होक्काईदो

सुर्य कर्पोरेसनका प्रबन्ध निर्देशक तथा जापानका लागि चलचित्रको आधिकारिक बिक्रेता बाशुदेव लामिछाने भन्नुहुन्छ, चलचित्र छक्का पन्जा -३ को सफलता ले हामी नेपाली चलचित्र प्रदर्शकलाई नयाँ हौशला मिलेको छ र निकट भबिष्यमा यसले नेपाली चलचित्रको बिदेशी बजारमा दिर्घकालिन प्रभाव पार्ने छ। यो रेकर्ड संगै अब भने नेपाली चलचित्रले देश भित्र मात्र नभई बिदेशी भुमिमा समेत प्रभाव बढाएको छ । दिपाश्री निरौला द्वारा निर्देशित चलचित्र छक्का पन्जा ३ मा दिपक राज गिरी, केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, निर शाह, बुद्दि तामाङ्ग लगायतका कलाकारको अभिनय रहेको छ । छक्का पन्जा , १ र २ को अपार सफलतापछी निर्मित छक्का पन्जा ३ नेपालमा ब्यवसाहिक हिसाबमा पनि अहिले सम्मकै सबै रेकर्डहरु तोड्न सफल भएको चलचित्र हो ।छक्का पन्जा -३ ले नेपालको अ्वस्थ राजनैतिक अवस्थाले शिक्षा क्षेत्रलाई पारेको प्रभावलाई पर्दामा आकर्षक ढंगले चित्रण गरेको छ ।

नेपालकै हालसम्मको उत्कृष्ट चलचित्र बनेको भन्दै टोकियोको दर्शकहरुले चलचित्रको मुक्तकन्ठले प्रसंसा गरेका थिए ।टोकियोमा आईतबार को त्यो दिन निकै कार्यक्रमहरु जुधेर आउन नपाएको गुनासोलाई मध्यनजर गर्दै टोकियोको सोहि हल मेगुरो कुमिन सेन्टरमा यहि डिसेम्बर २३ तरिक साँझ ६ बजेबाट पुन सो गरिने कर्पोरेसनले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्