२०८३ वैशाख ८, मंगलबार
३:३७:२१ दिउँसो
- ADVERTISEMENT -

विश्वमै लोपोन्मुख तीन प्रजातिका चरा गोरखा नगरपालिका–८ आहालेमा भेटियो

प्रकाशित मिति: २०७५ मंसिर ४, मंगलबार

2117
Shares

गोरखा, २०७५ साल मंसिर ४ गते मंगलबार । गोरखामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका तीन प्रजातिका चरा भेटिएका छन् । गोरखा नगरपालिका–८ आहालेस्थित लुदी दामगाडे सामुदायिक वनमा विश्वकै दुर्लभ मानिएका डङ्गर गिद्ध, लोभीपापी गरुढ र गोमाया महाचिल भेटिएको अनुसन्धानकर्ता कुशल श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त सामुदायिक वनमा भेटिएका ९९ प्रजातिका चरामध्ये तीन प्रजातिका चरा भने अहिले विश्वमै लोपोन्मुख अवस्था रहेको श्रेष्ठले बताउनुभयो । गएको वैशाखदेखि कात्तिकसम्म गरिएको अनुसन्धानका क्रममा नेपालमै लोपोन्मुख अवस्था रहेको पौरी बाँज र सानो बैडाइ प्रजातिका चरा पनि भेटिएका हुन् ।

‘‘हामीले गरेको अध्ययनका क्रममा गोरखाको एउटै सामुदायिक वनमा नेपालमा हालसम्म भेटिएका ८८६ प्रजातिका चरामध्ये ९९ प्रजातिको भेटिएका छन्,’’ श्रेष्ठले भन्नुभयो, “चराचुरुङ्गीको अध्ययन र अवलोकनका लागि गोरखा सम्भावना बोकेको ठाउँ रहेछ ।” अध्ययनका क्रममा नेपालमा मात्र पाइने काँडे भ्याकुर प्रजातीको चरा पनि सोही जङ्गलमा भेटिएको उनले जानकारी दिनुभयो । अनुसन्धानकर्ता श्रेष्ठले म्याकिनल लिस्टिङ विधिबाट चराको अध्ययन गरेका थिए ।

चन्द्र गुरुङ फाउण्डेसनको सहयोगमा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा अध्यनरत स्नातक चौँथो वर्षमा अध्यनरत श्रेष्ठ नेतृत्वको टोलीले सात महीनासम्म लुदी दामगाडे सामुदायिक वनमा चरा सम्बन्धी अध्ययन गरेको हो । करीब ३०० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वनमा रहेका चरा संरक्षण गर्न सके वातावरण संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

श्रेष्ठले जलवायु परिवर्तनका कारण विभिन्न दुर्लभ प्रजातिका चरा लोप हुँदै गएको भन्दै त्यसको संरक्षणका लागि सबैले चासो दिनुपर्नेमा जोड दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81