२०८३ वैशाख २, बुधबार
७:२८:४९ बेलुका
- ADVERTISEMENT -

कांग्रेसमा कोइराला समुह र संस्थापन पक्ष मिल्दै

प्रकाशित मिति: २०७५ मंसिर ४, मंगलबार

1445
Shares

काठमाडौं, मंसिर ४ | नेपाली कांग्रेसमा विवाद र एकताको नयाँ नयाँ रुपमा देखिन थालेको छ । कोइराला पक्षले अहिले सस्थापन पक्षको विरोध गरेर मिलेर जाने घोषणा गरेका छन् । सुजाता कोइराला निवासको लञ्च भेला, विराटनगरमा एउटै माला लगाएको कार्यक्रम लगायतमा एकै ठाउमा उभिएर एकताको सन्देश दिईरहेका छन् । यस क्रममा कोइराला परिवारले देउवाको विरोधी खेमासग मिलेर अघि बढ्न भेटघाट बाक्लै गरिरहेका थिए । यस घटनाले कोइराला परिवार र सभापति शेरबहादुर देउवाविच दुरी बढ्दो अवस्थामा देखिएको थियो ।

तर, महाधिवेशन गर्ने समय नजिकिदै जाँदा र आसन्न महासमिति बैठकमा सभापति देउवा र कोइराला परिवार एक हुने संकेत देखिन थालिएको छ । दुई पक्षबिच पछिल्लो समय भेटघाट बाक्लिन थालेको छ । पार्टीको कामको शिलशिलामा विराटनगर पुग्नु भएका सभापति देउवा र नेता शेखर कोइरालाविच गोप्य भेटवार्ता भएको छ । विराटनगरको जेनियल होटेलमा बस्नु भएका सभापति देउवासँग कोइरालाले छुट्टै भेटवार्ता गर्नुभएको हो । होटलमा पार्टी सभापतिसँग भेटघाट गर्न पुग्नु भएका कोइरालाले पार्टीको गतिविधिको विषयमा छलफल गरेको बताउनुभयो । ‘पार्टीका गतिविधिकै विषयमा छलफल भयो।’ देउवा पार्टीले विराटनगरमा आयोजना गरेको प्रदेश १ स्तरीय छलफलमा सहभागी हुन आउनु भएको हो ।

कोइराला परिवार मिल्दा पार्टी एक ढिक्का हुन्छ – सभापति देउवा

सभापति शेरबहादुर देउवाले कांग्रेसभित्रकै कोइरालाहरू मिलेजस्तै पार्टी पनि एक ढिक्का हुने बताउनु भएको छ । कोइराला परिवारमा झगडा सकिए झैं कांग्रेसमा पनि झगडा सकिने देउवाको भनाइ थियो।
नेपाल प्रेस युनियन मोरङले मंगलबार विराटनगरमा गरेको पत्रकार सम्मेलन देउवाले भन्नुभयो,‘ ‘उहाँहरु मिलेजस्तै कांग्रेस पनि अब एक ढिक्का हुन्छ। मेरो प्रयास पनि यही हो।’ मंसिर २ गते महामन्त्री डा। शशांक कोइरालम, केन्द्रीय सदस्य डा। शेखर कोइराला र नेतृ सुजाता कोइराला विराटनगरको कोइराला निवासमा एउटै कार्यक्रममा भेला भई एकताको सन्देश दिएका थिए।

‘परिवार मिल्नु, गाउँ मिल्नु र जिल्ला मिल्नु झन् राम्रो हो,’ कोइरालाहरू एक हुँदा आफू नअत्तालिएको बताउँदै देउवाले भन्नुभयो, ‘यो मिलनले अब पार्टी पनि मिल्छ भन्ने संकेत दिएको छ।’ पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि सभापति देउवाकै छेउमै बस्नु भएको थियो ।

कार्यगत एकताको संकेत यसरी शुरु भयो

आइतबार बसेको केन्द्रीय समितिको बैठकमा रहस्यमय रूपमा अनुपस्थित भएका नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले नेवि संघको म्याद २ महीना थप्ने निर्णयप्रति असन्तुष्टि जनाएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरू कुरा गर्दै महामन्त्री कोइरालाले भने, ‘थप गर्नु नै थियो भने ६ महिना थपेको भए हुन्थ्यो । दुई महिना मात्र दिइएको छ । यो दुई महिनाभित्र हामी अधिवेशन गराउन सक्छौँ कि सम्दैनौँ भन्ने प्रश्न छ ।’

फागुनको अन्तिम साता स्ववियुको निर्वाचन हुन गइरहेको सन्दर्भमा नेवि संघको म्याद फागुन २ गते सम्मका लागि मात्रै थप गरिनु अनौठो भएको महामन्त्री डा। कोइरालाको तर्क छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको खेमामा रहे पनि निर्णायक घडीमा सभापति शेरबहादुर देउवालाई साथ दिने गरेका महामन्त्री कोइराला आइतबारको बैठकमा अनुपस्थित हुनुलाई कांग्रेसका विश्लेषकहरूले रहस्यमय रूपमा लिएका छन् ।

देउवा र कोइरालाबीच भित्री साँठगाँठ रहेको धेरैको अनमान छ । महामन्त्री कोइरालाले पौडेललाई साथ दिएको भए नेवि संघको म्याद कि त स्ववियु निर्वाचन सम्पन्न नहुँदा सम्मका लागि थप गरिन्थ्यो, कि त तत्काल तदर्थ समिति गठन गरिन्थ्यो । तर महामन्त्री कोइरालाले अनुपस्थित भएरै देउवालाई साथ दिए । मुख्य भ्रातृ संगठन नेवि संघ विघटनको संघारमा पुगेपछि नेपाली कांग्रेसका सभापति देउवाले गत शनिबार केन्द्रीय समितिको आपतकालीन बैठक बोलाए । नेवि संघको म्याद मंसिर २ गते सकिन लागेको परिप्रेक्ष्यमा सभापति देउवाले अघिल्लो दिन म्याद थप्ने प्रयोजनका लागि केन्द्रीय समितिको बैठक बोलाएका थिए ।

देउवा र कोइरालाबीच भित्री साँठगाँठ रहेको धेरैको अनमान छ । महामन्त्री कोइरालाले पौडेललाई साथ दिएको भए नेवि संघको म्याद कि त स्ववियु निर्वाचन सम्पन्न नहुँदा सम्मका लागि थप गरिन्थ्यो, कि त तत्काल तदर्थ समिति गठन गरिन्थ्यो । बैठक सुरु हुनुअघि नै पार्टी केन्द्रीय कार्यालयको प्रांगणमा वरिष्ठ नेता रामचन्द्र पौडेल समर्थक कार्यकर्ताहरू एउटा झुण्डमा र कृष्णप्रसाद सिटौला समर्थक कार्यकर्ताहरू अर्को झुण्डमा जम्मा भएर नारबाजी गर्न थाले । पौडेल समर्थक कार्यकर्ताहरूको नारा थियो, ‘कुनै पनि हालतमा म्याद थपिनुहुन्न, तत्काल तदर्थ समिति घोषणा गरिनुपर्छ ।’ सिटौला समर्थक कार्यकर्ताको नारा थियो, ‘कुनै पनि हालतमा तदर्थ समिति गठन गर्नु हुन्न, म्याद थपेर यही समितिलाई महाधिवेशन गर्न दिनुपर्छ ।’

सभापति देउवा पार्टी कार्यालयमा प्रवेश गर्नासाथ दुवै समूहका कार्यकर्ताहरू एकै ठाउँमा मिसिएर अभद्र व्यवहार गरे । जब देउवा बैठक स्थलभित्र छिरे तब यी दुई समूहबीच कुस्ता कुस्ती हुन थाल्यो । पौडेल पक्ष र सिटौला पक्षका कार्यकर्ता बीचको यो कुस्ता कुस्ती छुट्याउन देउवा समर्थक कार्यकर्ताहरूलाई निकै हम्मे हम्मे पर्यो । यही विवादका कारण शनिबारको बैठकले कुनै निर्णय गर्न सकेन । आइतबार साँझ फेरी अर्को बैठक बस्यो । उक्त बैठकले नेवि संघको म्याद दुई महिनाका लागि थप गर्यो । तर, नेवि संघको वर्तमान कार्यसमितिले थपिएको दुई महिनाको म्यादभित्र १२औँ महाधिवेशन गराउन सक्ने सम्भावना छैन । त्यसपछिको एक मात्रै विकल्प भनेको तदर्थ समिति गठन हो ।

वर्तमान केन्द्रीय समितिमा देउवा पक्षको ४०, पौडेल पक्षको ४० र सिटौला पक्षको २० प्रतिशत हिस्सा छ । तर, अब तदर्थ समिति गठन गर्दा सभापति देउवाले आफ्नो प्रचण्ड बहुमत बनाउनेछन् । यसैगरी आगामी फागुन या चैतमा स्ववियुको निर्वाचन हुँदैछ । तर, म्याद थप गरिएको वर्तमान कार्यसमिति फाुगन २ गते विघटन हुन्छ । त्यसपछि सभापति देउवाले गठन गर्ने तदर्थ समितिले नै स्ववियुका उमेदवारहरूको चयन गर्छ । सभापति देउवाले अहिले नै तदर्थ समिति गठन नगरेर किन दुई महिना म्याथ थपे त रु भन्ने प्रश्न पनि निकै पेचिलो छ । पहिलो कुरा त आगामी महासमितिको बैठकमा नेवि संघको मुद्दा नउठोस् भन्ने देउवाको रणनीति हो । दोस्रो कुरा पार्टीको १४औँ महाधिवेशनअघि नेवि संघको महाधिवेशन गराउन देउवा तयार छैनन् ।

सिटौला समूहले साथ नदिएको अवस्थामा नेवि संघमा देउवा पक्षले जित्ने अवस्था छैन । त्यसैले पार्टीको १४औँ महाधिवेशन नभएसम्म नेवि संघलाई आफू अनुकुलको तदर्थ समिति बनाएरै अघि बढाउने रणनीतिमा देउवा छन् । यो राणतीतिमा देउवा सफलोन्मुख छन् । यसैगरी, पौडेल र सिटौला समूहबीचका कार्यकर्ताहरू पार्टी केन्द्रीय कार्यालयमा झडपमा उत्रिरहँदा कोइराला परिवारका तीन जना नेता महामन्त्री डा। शशांक, केन्द्रीय सदस्यद्वय डा। शेखर र सुजाता आइतबार बिहान जिपी कोइराला फाउन्डेसनको कार्यक्रमका लागि विराटनगर पुगे ।

उनीहरूले कोइराला परिवार एक ढिक्का रहेको र आगामी १४औँ महाधिवेशनमा डा. शेखर र डा.शशांकमध्ये एक जना सभापति पदमा उम्मेद्वार हुने सन्देश दिए । नेपाली कांग्रेसभित्र संस्थापन९देउवा० पक्ष एक ढिक्का छ । तर, संस्थापन इतर पक्षमा तीन समूह छन् । पहिलो समूहको नेतृत्व वरिष्ठ नेता पौडेलले गरिरहेका छन् । यो समूहमा प्रकाशमान सिंह ।

डा। रामशरण महत , बलबहादुर केसी लगायतका नेताहरू छन् । दोस्रो समूहको नेतृत्व कोइराला परिवारले गरिरहेको छ । यो समूहमा चन्द्र भण्डारी, गुरु घिमिरे, धनराज गुरुङ, गोविन्द भट्टराईलगायतका नेता छन् । तेस्रो समूहको नेतृत्व कृष्णप्रसाद सिटौलाले गरेका छन् । यो समूहमा अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेल, भीमसेनदास प्रधान लगायतका नेताहरू छन् ।

आफ्नो इतर पक्ष तीनवटा समूहमा विभाजित हुनुको तत्कालीन फाइदा सभापति देउवाले राम्रैसँग उठाइरहेका छन् । तर, दीर्घकालीन अर्थात् १४औँ महाधिवेशनमा कसले लाभ लिन्छ भन्न सकिने अवस्था छैन । एकले अर्कोलाई स्वीकार गर्नै नसक्ने अवस्थामा रहेको पौडेल समूह र सिटौला समूहबीचको द्वन्द्वबाट आफू अगाडि आउने आँकलन कोइराला परिवारको पनि छ । सिटौला समूहले कोइरालालाई साथ दने सम्भावना प्रचुर छ । यो अवस्थामा पौडेल समूह किनारा लाग्ने छ ।

अब १५ महिना मात्रै कार्यकाल बाँकी रहेका ७४ वर्षीय देउवाले विधान बमोजिम केन्द्रीय संगठनलाई पूर्णता दिन छाडेर पार्टीभित्र जे–जस्ता फमुर्ला तथा राणनीतिहरू अपनाएका छन् सबैको एउटै उद्देश्य हो, ‘आफ्नो कार्यकाल एक वर्ष थप्ने र १४औँ महाधिवेशनमा पनि सभापति पदमा बाजी मार्ने ।

यो राणनीतिलाई सुरक्षित रूपमा टुंगोमा पु¥याउन देउवाले महासमितिको बैठक अझै एक महिना पछि सार्नुपर्ने हुन्छ । त्यो सम्भावना देखिएको पनि छ । यो सम्भावनाबारे आफू जानकार रहेको संकेत दिँदै महामन्त्री कोइरालाले भने अब महासमितिको बैठकको मिति सार्न मिल्दैन ।

तर, विधान संशोधन मस्यौदा समितिले अहिलेसम्म प्रतिवेदन दिन सकेको छैन । जसका कारण मंसिर २८ देखि महासमितिको बैठक हुन्छ भन्ने अझै सुनिश्चित छैन । केन्द्रीय समितिको आकार ८५ वाट बढाएर १ सय ३३ सदस्यीय पु¥याउने, पदाधिकारीको संख्या वृद्धि गर्ने, सभापतिको अधिकार केही थप्ने प्रस्ताव देउवा पक्षको छ तर मुलुक संघीयतामा गइसकेका कारण केन्द्रीय समितिको आकार बढाउने र सभापतिको अधिकार थप्ने उल्टोबाटोमा जान नहुने अडानमा पौडेल पक्ष छ ।

यही अडानका कारण विधान संशोधन मस्यौदा लेखन अल्झिएको छ । आफ्नो यो अभियानमा बहुमत जुटाउनका लागि सभापति देउवाले जिल्ला सभापतिहरू प्रयोग गर्ने रणनीति बनाएका छन् । लगातार दुई कार्यकालभन्दा बढी जिल्ला सभापति बन्न नपाइने व्यवस्था कांग्रेसमा छ ।

७७ मध्ये ५० भन्दा बढी जिल्ला सभापतिहरू अहिले दोस्रो कार्यकालमा हिँडिरहेका छन् । अब उनीहरूले ताक्ने केन्द्रीय समिति नै हो । तर केन्द्रीय समितिको आकार यथावत राखियो भने २ कार्यकाल गुजारिसकेका जिल्ला सभापतिहरूको केन्द्रीय सदस्य बन्ने चाहना पूरा हुन सक्दैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.11
149.71
EUR
European Euro
1
175.98
176.69
GBP
UK Pound Sterling
1
202.37
203.19
CHF
Swiss Franc
1
191.17
191.94
AUD
Australian Dollar
1
106.27
106.70
CAD
Canadian Dollar
1
108.43
108.87
SGD
Singapore Dollar
1
117.32
117.79
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
21.88
21.96
SAR
Saudi Arabian Riyal
1
39.73
39.89
QAR
Qatari Riyal
1
40.90
41.06
THB
Thai Baht
1
4.66
4.67
AED
UAE Dirham
1
40.60
40.76
MYR
Malaysian Ringgit
1
37.74
37.89
KRW
South Korean Won
100
10.14
10.18
SEK
Swedish Kroner
1
16.28
16.35
DKK
Danish Kroner
1
23.55
23.64
HKD
Hong Kong Dollar
1
19.04
19.11
KWD
Kuwaity Dinar
1
486.73
488.69
BHD
Bahrain Dinar
1
395.26
396.85
OMR
Omani Rial
1
387.29
388.85