२०८२ चैत २९, आइतबार
७:५८:२२ बेलुका
- ADVERTISEMENT -

करबारे अनभिज्ञ स्थानीय तह

प्रकाशित मिति: २०७५ मंसिर ४, मंगलबार

1270
Shares

काठमाडौंँ, मङ्सिर ४ । संविधान र ऐनको क्षेत्राधिकार भित्रका कर पनि स्थानीय तहले सङ्कलन गर्न सकेका छैनन् । स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनका लागि यसअघि केन्द्रीय सरकारले सङ्कलन गर्दै आएको कतिपय करका क्षेत्राधिकार स्थानीय तहलाई दिएइको छ ।

स्थानीय तहले मनोमानी रूपमा कर सङ्कलन गरेको आरोप लागे पनि व्यवहारमा भने स्थानीय तहले ऐनको क्षेत्राधिकार भित्रको करसमेत सङ्कलन गर्न नसकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालले जनाएको छ ।

मन्त्रालयका अनुसार घर निर्माणको नक्शापास र सिफारिस शुल्क बाहेक अन्य कर स्थानीय तहले सङ्कलन गर्न सकेका छैनन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ वर्ष बितिसके पनि कर सङ्कलन पूर्ण रूपमा कार्यान्वयन आउन नसक्दा स्थानीय तह आर्थिक रूपमा कमजोर हुँदै जाने बुझाइ सङघीय मन्त्रालयको छ ।

स्थानीय सरकार सञ्चालन ऐनबमोजिम स्थानीय तहले एकीकृत सम्पत्ति कर, भूमि (मालपोत) कर, घरजग्गा वहाल, व्यवसाय बहाल बिरौटी शुल्क, पार्किङ् शुल्क, जडीवुटी, कवाडी र जिवजन्तु कर, सेवा शुल्क लगायतका कर स्थानीय तहले सङ्कलन गर्न सक्छ ।
मन्त्रालयका उपसचिव विष्णुदत्त गौतमले भन्नुभयो, ‘स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनका लागि करको दायरालाई ठूलो पारियो तर स्थानीय तहले जनअपेक्षा अनुसार कर सङ्कलन गर्न सकेका छैनन्, यसको असर आगामी वर्षदेखि प्रदेश र सङ्घमा समेत पर्छ ।’ केही स्थानीय तहले क्षेत्राधिकार भन्दा बाहिर गएर कर सङ्कलन गरे पनि अहिले त्यस्तो अवस्था नभएको गौतमले बताउनुभयो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रवक्ता गोपीकृष्ण खनालले संविधान र स्थानीय सरकार सञ्चालन ऐनका क्षेत्राधिकार भित्र स्थानीय तहले कर सङ्कलन गर्न नसक्नु सबैभन्दा चिन्ताको विषय बनेको बताउनुभयो । स्थानीय तहमा साधन स्रोत र जनशक्ति दैनिक बढ्दै गएको तर स्थानीय तहका जनप्रतिनिधिको ध्यान ऐनको क्षेत्राधिकार भित्रको करको दायरा फराकिलो पार्नेतिर नगएको बताउनुभयो ।
उहाँका अनुसार स्थानीय तहलाई आर्थिक रूपमा सक्षम बनाउने र प्रशासनिक खर्च सञ्चालन गर्ने प्रमुख आधार स्थानीय कर नै भए पनि स्थानीय तहले सोचे अनुसारको कर सङ्कलन गर्न नसक्दा त्यसको असर प्रदेश र सङ्घीय सरकारमा पर्दै जान्छ ।

कुन स्थानीय तहले कति कर सङ्कलन गरे भन्ने यकिन तथ्याङ्क भने आयोग र मन्त्रालयमा छैन तर आयोगको सर्वेक्षणअनुसार स्थानीय तहले करको दायरा भने बढाउन नसकेको जनाएको छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई मन्त्रालयले कर सङ्कलन गर्ने दायराको बारेमा प्रशिक्षण प्रदान गर्न नसक्नु मन्त्रालयको कमजोरी भएको स्वयम् मन्त्रालयले स्वीकारेको छ ।

नेपाल नगरपालिका सङघका अध्यक्ष अशोककुमार ब्यञ्जुले गाउँपालिकाले अपेक्षाकृत रूपमा कर सङ्कलन गर्न नसके पनि नगरपालिकाले भने कर सङ्कलनलाई शीर्षकअनुसार व्यवस्थित गर्दै गएको बताउनुभयो ।

अधिकांश नगरपालिका र गाउँपालिका नयाँ भएको, यसअघि कर सङ्कलनको अभ्यास नहुनु र कर्मचारीको अभावमा कर सङ्कलन व्यवस्थित नभएको कतिपयको भनाइ छ । सङघ र प्रदेश सरकारले समयमा नै आवश्यक ऐन नियम नबनाउँदा र कर्मचारी नपठाउँदा स्थानीय तहले अपेक्षाकृत रूपमा कर सङ्कलन गर्न नसकेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16