२०८२ चैत २९, आइतबार
६:५३:१३ बेलुका
- ADVERTISEMENT -

सीता र बिनाले थाम्न सकेनन पुत्र र पतिबियोगको पीडा : सवैलाई रुवाउने गरी यसरी पोखियो प्रेम

प्रकाशित मिति: २०७५ मंसिर ३, सोमबार

1349
Shares

पुत्र बियोग र पति बियोगको पीडा कस्तो हुन्छ ? त्यो भोग्नेलाई मात्रै महसुस हुन्छ । जति लुकाउन खोजे पनि आँखाबाट आँसुका रुपमा बाहिर आउँछ । हरेक मानिस अरुलाई सम्झाउँदै मन थाम्न भन्छ । तर आफैलाई त्यो बजैपात आइपर्दा हरक्षण हरपल पीडामा हुन्छ । सोमवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डको खुमलटारस्थित निवासमा त्यही दृष्य देखियो ।

युवा नेता प्रकाश दाहालको प्रथम स्मृतिमा आयोजित सभामा आमा सीता दाहाल र पत्नी बिना मगरले पीडा भुलाउनेअनेकन प्रयाश गर्नुभयो, कार्यक्रमको सुरुवातदेखि नै सिता र बिनालाई परिवारका सदस्यलेसाथमै राखेर मन बहलाउने प्रयाश गरे । तर जव पष्पगुच्छा चढाउन प्रकाशको फोटो सामुन्ने सीता र नेकपाकी नेतृसमेत रहेकी मन्त्री बिना मगर पुग्नुभयो, मन थाम्न सक्नुभएन, एकाएक भक्कानिनु भयो । यो दृष्यको संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले पहिल्यै गरिसक्नु भएको थियो ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले दिनुभएको अभिब्यक्ति पनि कम पीडादायी थिएन । उहाँले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको सहनसिलता र पीडालाई सहन सक्ने क्षमताको उच्च प्रसंशा गर्नुभयो । प्रधानमन्त्री ओलीले गत बर्षको मंसिर ३ गते बिहानको घटना स्मरण गर्दै पीडा सहने क्षमतामा प्रचण्ड सवैभन्दा अब्बल रहेको बताउनु भयो ।

प्रचण्ड र दाहाल परिवारमा परेको पीडा सहन गर्न सक्ने खालकोनभएको तर त्यसलाई सहनुको बिकल्प कसैसामु नरहेको भन्दै ओलीले संकेत गर्नुभयो । लगत्तै आफ्नो धारणा राख्नुभएका नेकपा अध्यक्ष प्रचण्डको गला अवरुद्ध भयो, आँखाबाट आँसु भरे । जव श्रद्धाञ्जली दिने लाइन लाग्यो, आमा सिता र पत्नी बिनाको मन थामिएन । प्रकाशकोतस्विर सामु पुत्रबियोग र पति बियोगको पीडा देखियो । दुवै अर्ध मुर्छित जस्तै बन्नुभयो । यो दृष्यले सवैका आँखा रसाए, प्रकाशप्रति श्रद्धाञ्जली अर्पण गर्न पुगेका सवैका मुहार मलिन भए,आँखामा एकाएक आँसु देखियो । प्रकाश सम्झिएर उपस्थित सवै भावुक बने ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष तथा प्रकाश पिता प्रचण्डदेखि कांग्रेस सभापति शेरबहादुर देउवाको मुहारले शोकमा डुवेको प्रष्टै झल्को दियो । ३६ बर्षको उमेरमा छोरा गमाउनु भएकी आमा सिता र कलिला सन्तान छाडेर धर्तीबाट बिदा लिएका पतिको पीडा बिनामा देखियो ।

यसअघि प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले दिनुभएको अभिब्यक्ति पनि कम पीडादायी थिएन । उहाँले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको सहनसिलता र पीडालाई सहन सक्ने क्षमताको उच्च प्रसंशा गर्नुभयो । प्रधानमन्त्री ओलीले गत बर्षको मंसिर ३ गते बिहानको घटना स्मरण गर्दै पीडा सहने क्षमतामा प्रचण्ड सवैभन्दा अब्बल रहेको बताउनु भयो ।

‘गत बर्षको मंसिर ३ गते हामी दुवै झापामा थियौं, म दमक थिएँ, प्रचण्डजी बिर्तामोड हुनुहुन्थ्यो, एकाबिहानै प्रकाशको निधनको खवर उहाँले सुनाउनु भयो, एकछिन त मैले होइन भन्दै पत्याईन, तर नपत्याएर सुखै थिएन, म बिर्तामोड पुगें, हामीले सल्लाह गरेरै म झापामै बस्ने,उहाँ काठमाडौं आउने निर्णय लियौं, ओलीले भन्नुभयो, ‘त्यो दिनकोघटना सहन सक्ने क्षमता हामीमा थिएन, उमेर नपुग्दै, क्षमताको पुर्ण परिचालन नहँदै अल्पायुमै निधन हुँदाको पीडा सहन ठुलै शासह चाहिन्थ्यो, त्यो प्रचण्डमा रह्यो, हामीले शोकलाई शक्तिमा बदल्यौं, प्रचण्डजी र परिवारले पनि शोकलाई सहन सक्ने र परास्त गर्नसक्ने क्षमता देखाउनुभयो ।’

प्रधानमन्त्री ओलीले प्रकाशसँग ब्यवस्थापनदेखि सहनसिलतासम्मको क्षमतालाई कसैले भेटन नसक्ने पनि बताउनु भयो । ‘हरेक कुरामा प्रकाश अग्रभागमा रहेको पाएँ, थोरै समयमा, प्रचण्डजीको सचिवालय सम्हाल्ने र सवैलाई मिलाउने काममा प्रकाशकोनिपुनता देखेर म आफै चकित परेको थिएँ,’ ओलीले भन्नुभयो । उहाँले प्रकाशको निधनले पार्टीलाई ठुलो क्षति पुगेको बताउनु भयो ।

प्रचण्डको पीडा पनि सभामै छछल्कियो । सम्बोधनका क्रममा प्रचण्डको गला अवरुद्ध भयो । उहाँ केहीबेर बोल्नै सकेका थिएनन्। प्रचण्डले प्रकाशको अवसानलाई सामना गर्नु आफ्ना निम्ति सजिलो नभएको स्मरण गर्दै सबै नेपालीहरुको माया, सद्भाव, प्रेम र हौसलाको कारण असम्भव जस्तो लाग्ने पीडालाई पनि आफूहरुले सामना गर्न सकेको बताउनु भयो ।

त्यो दिनकोघटना सहन सक्ने क्षमता हामीमा थिएन, उमेर नपुग्दै, क्षमताको पुर्ण परिचालन नहँदै अल्पायुमै निधन हुँदाको पीडा सहन ठुलै शासह चाहिन्थ्यो, त्यो प्रचण्डमा रह्यो, हामीले शोकलाई शक्तिमा बदल्यौं, प्रचण्डजी र परिवारले पनि शोकलाई सहन सक्ने र परास्त गर्नसक्ने क्षमता देखाउनुभयो

‘सानो निम्तोलाई पनि स्वीकार गरेर कार्यक्रम स्थलसम्म आउनेहरुको प्रेरणा नै हामीलाई बाँच्ने र कर्तव्यपथमा अगाडि बढ्ने प्रेरणा बन्न गएको छु, प्रचण्डले पीडा सुनाउनु भयो, ‘यदि तपाईंहरुको सहयोग, सद्भाव, प्रेम र विश्वास हुँदैनथ्यो भने सायद हाम्रो परिवार विघटन भइसकेको हुन्थ्यो।’ प्रचण्डले प्रकाशमा केही बालसुलभ कमीकमजोरी भए पनि उदयीमान प्रतिभाको रुपमा परिपक्व हुँदै गएको अनुभुति सुनाउनु भयो । ‘परिवार, पार्टी र देशले व्यहोरेको मोडहरुलाई नजिकबाट नियालेको नाताले ऊ धेरै नै परिपक्व हुँदै गएको अवस्था थियो। भरोसा गर्न सकिने स्थिति थियो,’ यहाँको भनाई थियो ।

पति प्रचण्ड र प्रधानमन्त्री ओली बोलिरहँदा केही समयपछि मात्रै कार्यक्रम स्थलमा आउनु भएकी सीता निकै पीडादायी देखिनु भएको थियो । प्रकाशको तस्बिरतिर हेरेर टोलाउने, आँसु झारिरहने गरिरहेकी थिइन्। बेलाबेलामा उहाँलाई प्रचण्डले सम्झाइरहनु भयो । प्रचण्डले पटक पटक बुहारी बिनातिर पनि आँखा लगाएर रहेका पीडा सहन सम्झाएको दृष्य देखिन्थ्यो । तर प्रकाशसामु पुगेपछि दुवै थामिनु भएन । सवैलाई रुवाएर आफ्नो ममता अनि पीडा साटनु भयो । प्रकाशका दिदी रेनु र गंगाको मुहारले पनि प्रष्टै देखाइरहेको थियो, भाइ गुमाउँदाका पीडा । प्रचण्ड परिवारमा परेको यो पीडादायी घटनालाई अरुले सामना गर्न नपरोस ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16