जापान, ३ मङ्सिर २०७५ । भर्खरै नेपालका ख्यातिप्राप्त करिव ४ दर्जन कलाकारको साथमा सुर्य इन्टरनेशनल एवार्ड सम्पन्न गरेको सुर्य कर्पोरेसन लिमिटेडले नेपालमा निकै रुचाईएको चलचित्र छक्का पन्जा ३ को जापान राईट्स लिएसंगै नोभेम्बर १८ तारीक आईतबारको दिन टोकियोको मेगुरो कुमिन सेन्टरमा पहिलो सो हाउसफ़ुल भएको छ ।
जापानको १५ बढि शहरहरुमा प्रदर्शन हुन लागेको चलचित्रको क्रमिक रुपमा मिति, समय र स्थान तय हुंदै गईरहेको कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले जानकारि दिएका थिए । हालसम्म तय भएका मिति र स्थान हरु निम्नअनुशार रहेका छन ।
५ डिसेम्बर ओकिनावा,
८ डिसेम्बर फुकुओका,
१३ डिसेम्बर चिबा,
१६ डिसेम्बर तोचिगि,
२० डिसेम्बर ओशाका
२३ डिसेम्बर पुन: टोकियो
गरि प्रदर्शनको स्थानहरु तय भईरहेको र अन्य स्थान क्रमिक रुपमा तय गरीने बताईएको छ ।
दिपकराज गिरी र दिपाश्री निरौलादको चलचित्र छक्का पन्जा , १ र २ को अपार सफलतापछी निर्मित छक्का पन्जा ३ नेपालमा ब्यवसाहिक हिसाबमा पनि अहिले सम्मकै सबै रेकर्डहरु तोड्न सफल भएको चलचित्र हो ।छक्का पन्जा -३ ले नेपालको अ्वस्थ राजनैतिक अवस्थाले शिक्षा क्षेत्रलाई पारेको प्रभावलाई पर्दामा आकर्षक ढंगले चित्रण गरेको छ ।
नेपालकै हालसम्मको उत्कृष्ट चलचित्र बनेको भन्दै टोकियोको दर्शकहरुले चलचित्रको मुक्तकन्ठले प्रसंसा गरेका थिए ।टोकियोमा आईतबार को त्यो दिन निकै कार्यक्रमहरु जुधेर आउन नपाएको गुनासोलाई मध्यनजर गर्दै टोकियोको सोहि हल मेगुरो कुमिन सेन्टरमा यहि डिसेम्बर २३ तरिक साँझ ६ बजेबाट पुन सो गरिने कर्पोरेसनले जनाएको छ ।
जे आर यामानोते लाईनको मेगुरो स्टेसन बाट हिंडेर ७ मिनेटको दुरीमा रहेको मेगुरो कुमिन सेन्टरकै हलमा प्रदर्शन हुने चलचित्रको टिकट बुकिंग गरेको खन्डमा २,००० र डोरमा ३,००० तय गरेको छ । सम्पर्कको लागि ०८०-९८०५-२००८ वा ०८० ९०५५-८२८१ मा फोन/मेसेज वा कर्पोरेसको पेजमा मेसेज गरेर पनि अग्रिम टिकट बुक गर्न सकिने कर्पोरेसनले जनाएको छ ।