नयाँ शक्ति पार्टी नेपाल गोरखाले भिमसेन थापा गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । गाउँपालिका संयोजक रोहिणी प्रसाद पाण्डेद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा आधा दर्जन बढि माग राखिएको छ । भूकम्प पिडितको गुनासो संबोधन गर्नुपर्ने, पुर्ननिर्माणको काममा प्राधिकरणसँग थप समन्वय गर्नुपर्ने, स्थानीय सरकारको काम चुस्त दुरुस्त र प्रभावकारी बनाउनु पर्ने लगायतका माग राखिएको छ ।

त्यस्तै ढुवानीका साधनको भाडामा एकरुपता कायम गर्न, काममा लापरवाही गर्ने ठेकेदारलाइ आवश्यक कारवाही गर्न ज्ञापनपत्र मार्फत नयाँ शक्तिले अनुरोध गरेको छ । गाउँपालिकाबाट एकीकृत योजना निर्माण गरी बृढीगण्डकी प्रभावितहरुको व्यवस्थापन गर्नुपर्ने, योजनाहरुमा प्रत्यक्ष अप्रत्यक्ष ठेक्का पट्टा गर्ने काम बन्द गर्न माग समेत गरिएको छ ।

ज्ञापनपत्र उल्लेख्ति माग पुरा नभएका चरणवद्ध आन्दोलनमा गर्ने चेतावनी दिदै नयाँ शक्तिले मंसिर १५ गते भित्र सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न पनि माग गरेको छ । अन्यथा जनताको बिचमा भण्डाफोर कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्