२०८३ वैशाख ८, मंगलबार
३:४३:५५ दिउँसो
- ADVERTISEMENT -

पुत्र प्रकाश निधन भएको एक वर्ष पूरा : दोलखा पुगेर भक्कानिए प्रचण्ड

प्रकाशित मिति: २०७५ मंसिर २, आइतबार

945
Shares

मङ्सिर २, दोलखा- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र तथा पूर्वमाओवादी केन्द्रका पोलिटव्युरो सदस्य प्रकाश दाहालको निधन भएको एक वर्ष पुग्यो । उनको सम्झनामा दोलखा सदरमुकाम चरिकोटमा आयोजित फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागी हुन शनिबार प्रचण्ड दोलखा पुगे ।

कार्यक्रमको औपचारिक उद्घाटन सत्रमा अध्यक्ष प्रचण्ड निकै भक्कानिए । उनले छोरा प्रकाश आफ्नो पुत्र मात्रै नभएर सिंगो मुलुक परिवर्तन गर्न चाहाने एक सशक्त युवाशक्ति भएको बताए । तर उनले यसो भनिरहँदा उनका आँखा रसाइसकेका थिए ।

प्रचण्डले गत वर्ष त्यहि दिनको सम्झना गर्दै पार्टी एकीकरण पश्चात् हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन प्रचारका लागि वर्तमान प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र झापामा आयोजित चुनावी सभामा सहभागी हुँदा हृदयघातका कारण प्रकाशको निधनबारे सम्झिए । भाबुक हुँदै प्रचण्डले भने, ‘हतार–हतार काठमाडौँ त फर्किएँ तर उनले संसार छोडिसकेका थिए ।’ यसो भनेपछि अलिक सम्हालिँदै प्रचण्डले भने, ‘प्रकाशको निधन एक अकल्पनीय परिघटना जस्तै थियो ।’

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले नेकपाका वरिष्ठ नेता माधबकुमार नेपाल विदेश भ्रमणबाट ५ मंसिर फर्किने र ६ गते शीर्ष नेताहरुको बैठक बसी एकीकरण प्रकृयालाई निरन्तरता दिने बताए । उनले त्यसपछि स्थायी समिति र केन्द्रिय समितिको छुट्टाछुट्टै बैठक आह्वान गरेर प्रदेश समिति र जिल्ला समितिको एकता टुंग्याउने तयारी भइरहेको खुलासा गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81