काठमाडौं, ३० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक भाेली बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्ने बैठकमा विधान मस्यौदा समितिले तयार पारेको विधानलार्इ अन्तिम रूप दिने बिषयमा छलफल हुने छ ।

शनिबार दिउँसाे २ बजे बाेलार्इएकाे बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई बाेलार्इएकाे छ ।

बैठकमा मंसिर २८ गतेबाट हुने महासमिति बैठक र नेविसंघको अधिवेशनलगायतका बिषयमा पनि छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रूपमा चल्न खोजेको भन्दै असन्तुष्ट नेताहरूले चियापान र भेटघाटका नाममा तारन्तार छुट्टै छलफल गर्न लागेपछि देउवालाई केन्द्रीय समिति बैठक बोलाउन दवाव परेको हाे ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्