२०८३ वैशाख ७, सोमबार
१२:०१:०९ राति
- ADVERTISEMENT -

चौतर्फी चासोपछि भाइरल तस्बिरबारे प्रचण्डले गरे यस्तो खुलसा

प्रकाशित मिति: २०७५ कात्तिक २८, बुधबार

1384
Shares

काठमाडौं, २८ कातिक । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्बिरमा अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल एउटा तलाउमा आधा शरीर डुबाएको अवस्थामा देखिन्छन् ।

म्याग्दीको तातोपानी कुण्डमा नुहाउँदै गरेको उक्त तस्बिरलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रचण्ड र बादलको आलोचना पनि गरिरहेका छन् । कतिपयले भने यसलाई सामान्य रुपमा लिनुपर्ने धारणा राखेका छन् ।

सामाजिक सञ्जालमा तस्बिरको आलोचना भएको दुई दिनपछि ने क पाका अध्यक्ष प्रचण्डले यसको बारेमा मुख खोलेका छन् । बुधबार बिहान म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा भइरल भएको आफूहरुको तस्बिरका कारण म्याग्दीको पर्यटन क्षेत्रमा फाइदा पुगेको दाबी गरे ।

‘‘म्याग्दीको विकास र व्यवसायका निम्ति यो तीन दिन धेरै महत्वपूर्ण रह्यो । तातोपानी बसाइ स्वतः राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रचारको विषय बन्यो । त्यसले यहाँ आउने पर्यटकहरु मेडिकल टुरिजमको दृष्टिकोणले अझै बढ्ने देखियो । मिडियामा अध्यक्ष र गृहमन्त्रीको तस्बिर जसरी प्रचार भयो, त्यसले म्याग्दीको टुरिजम वर्ष २०७५ लाई मद्दतै भयो,’’ उनले भाइरल तस्बिरबारे प्रष्टीकरण दिँदै भने ।

अध्यक्ष प्रचण्डले आफू नितान्त व्यक्तिगत कामले र गृहमन्त्री बादल केही प्रशासनिक कामले म्याग्दी पुगेको पनि बताए । ‘‘म म्याग्दीमा कसैले नबोलाइकनै आएको हुँ । गृहमन्त्रीजी पनि कसैले बोलाएर, विकासको निम्ति अथवा यहाँको कुनै खास प्रयोजनका लागि नभइकन थोरै प्रशासनिक कामले आउनुभएको हो,’’ उनले भने ।

सम्बोधनको सुरुवातमै अध्यक्ष प्रचण्डले आफू पत्नी सीता दाहालको उपचारका लागि म्याग्दीको तातोपानी कुण्ड पुगेको प्रष्ट्याए, ‘‘मेरै कुरो गर्दा पारिवारिक, मेरी श्रीमतिको जो स्वास्थ्यको समस्या छ । तातोपानीमा नुहाउँदा स्वास्थ्यलाभ हुन्छ भन्ने उनलाई विश्वास भयो । कसैले उनलाई भन्दियो, तातोपानीमा गएर डुबुल्की मार्यो भने छिटो सञ्चो हुन्छ भनेर । दुई महिनादेखि उनी तातोपानी जाऊँ कि तातोपानी जाऊँ भनिरहेकी थिइन् ।’

उनले आफ्नो तातोपानी भ्रमणका बारेमा प्रधानमन्त्रीसमेत रहेका ने क पाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सल्लाहसमेत भएको जिकिर गरे । ‘अस्ति प्रधानमन्त्रीजीलाई पनि २–३ दिनका लागि तातोपानी जाने भएँ भनेर भनेको थिएँ । गृहमन्त्रीजीसँग पनि मेरो कुरा भैराखेकै थियो । उहाँको थोरै प्रशासनिक काम पनि थियो र हामी आयौं पनि,’ प्रचण्डले खुलस्त पारे ।

बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथलगायत रोगका बिरामीलाई फाइदा पुग्ने भएकाले मानिसहरु तातोपानीमा नुहाउन जाने गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98