- ADVERTISEMENT -

कांग्रेसमा केन्द्रीय सदस्य बढाए पदाधिकारी पनि बढाउनुपर्ने पौडेल पक्षको माग

November 13, 2018
883
Shares
- ADVERTISEMENT -

चितवन, कात्तिक २७

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय सदस्यको सख्या बढाउने भए पदाधिकारी पनि बढाउनुपर्ने बताउनु भएको छ । कांग्रेसले नया विधानमा केन्द्रीय सदस्य बढाउने तयारी गरिरहेका बेला पौडेलले पदाधिकारी पनि बढाउनुपर्ने बताउनु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

भरतपुर विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उहाले विधानमा पार्टी सभापतिका लागि पर्याप्त अधिकार भएका कारण अब थपिरहनु नपर्ने समेत बताउनु भयो । ‘केन्द्रीय सदस्य बढ्छन, बढाउनु पनि पर्छ । तर केन्द्रीय सदस्यहरु बढेको अनुपातमा पदाधिकारीहरु पनि बढाउन आवश्यक छ । पदाधिकारीहरु नबढाउने हो भने केन्द्रीय सदस्य पनि नबढाउँ,’ पौडेलको भनाई थियो । नेता पौडेले सुजता निवासमा सोमबार भएको छलफल सामान्य विषयमा मात्र भएको स्पष्ट पार्नुभयो ।

‘खाना खान मात्र बोलाएकाले त्यसमा आसन्न महाधिवेशन लगायतका विषयमा सामान्य छलफल भएको हो, तर सरकार वा अरु दल कसैले केही काम गर्न नसकेका बेलामा हामीले खाना खाएको पनि चर्चा भयो, ’ उहाले भन्नुभयो । यद्यपी छलफलमा सभापतिको उठ्ने भन्ने बारेमा कसैले अहिल्यै चर्चा नगर्ने भन्ने सहमति भएको भने खुलाउनु भयो । तर, आउँदो महाधिवेशनमा पार्टीको नेतृत्वमा जाने विषयमा आफूले केही नसोचेको नेता पौडेलको भनाई छ । ‘मैले अहिले सभापतिमा उठ्ने वा नउठ्ने भन्ने विषयमा केही सोचेकै छैन । चुनावमा पार्टी किन हार्‍यो, यसलाई कसरी सुधार्ने भन्ने मलाई चिन्ता छ, अरु केही बिचार गरेको छैन,’ पौडेलले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -