- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गगन थापाको घोषणा : नेताहरु छाडन तयार नभए धकालेरै भएपनि अव हामी पार्टी नेतृत्व लिन्छौं

November 13, 2018
1489
Shares
- ADVERTISEMENT -

काठमाडौं, कात्तिक २७ | नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापाले पार्टीको पहिलो पुस्ताले अवको महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नैपर्ने घोषणा गर्नुभएको छ । अहिलेसम्म पार्टीको नेतृत्व गरेको पहिलो पुस्ताले धेरै राम्रोसँग पार्टी चलाएको भएपनि अव भने युवा पुस्तामा हस्तान्तरण गर्नुको कुनै बिकल्प नरहेको थापाको निश्कर्ष छ ।

अहिलेसम्म कांग्रेसलाई नेतृत्व गर्ने नेताहरुले राम्रो गर्नुभएको छ, उहाँहरुलाई यस्कोलागि हामी सवैले धन्यवाद र आभार प्रकट गरेका छौं, उहाँहरुलाई आदर र सम्मान गर्दै अव नेतृत्व छाडन हामी भनिरहेका छौं, इमेज च्यानलसँग आजको कुराकानीमा कांग्रेस नेता थापाले भन्नुभयो, पहिला हामी बिनम्रतापुर्वक ठाउँ खाली गर्नोस, छाडनोस भन्छौं, अव तपाईहरुले ठाउँ खाली गरिदिनोस, छाडनोस भनेर अनुरोध गर्दा मान्नुभएन, ठाउँ छाडनु भएन भने अव हामी धकालेर भएपनि त्यो ठाउ (नेतृत्व) लिन्छौं ।’

- ADVERTISEMENT -

Advertisement

थापाले सभापति शेरबहादुर देउवादेखि उहाँका समकालिन सवै नेतालाई पार्टी नेतृत्व नयाँ पुस्तामा सुम्पन लगाउने ठोकुवा पनि गर्नुभयो । उहाँले नेतृत्व लिने सवालमा कांग्रेसा दुई कित्ता भन्दा अर्को समुह नै नहुने बताउनु भयो ।

‘कांग्रेसमा अव कुनै गुट रहन्न, अहिलेको सवै गुट-सुट छाडिदिनोस अव अहिलेकै पुस्ताले नेतृत्व गर्नूपर्छ भन्ने र हाम्रो पुस्ताले नेतृत्व गर्नुपर्छ भन्ने मात्रै कित्ता रहन्छ, हामी अहिले पार्टीको नेतृत्वमा रहेकै नेताहरुले चलाउनु पर्छ भन्नेहरु उता जानेस, हाम्रो पस्ताले चलाउनु पर्छ भन्नेहरु यता आउनोस भनेर स्पष्ट आह्वान गर्छौं, त्यो भन्दा अर्को गुट कांग्रेमा हुन्न,’ थापाले भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com