२०८२ चैत २९, आइतबार
७:२९:५० बेलुका
- ADVERTISEMENT -

आज हर्षोल्लासपूर्वक छठ पर्व मनाइँदै

प्रकाशित मिति: २०७५ कात्तिक २७, मंगलबार

1314
Shares

काठमाडौँ, कात्तिक २७ गते । आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिई सुरू हुने छठ पर्वका लागि राजधानीका आठ स्थानमा विशेष व्यवस्था गरिएको छ । बुधबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवत् रुपमा छठ पर्व समापन हुन्छ ।
विगत वर्षझैँ यो वर्ष पनि तराई र काठमाडौँमा समेत हर्षोल्लासका साथ यो पर्व मनाइने तयारी गरिएको हो । राजधानीको गुह्ेश्वरी, गौरीघाट, बालाजुको माछापोखरी, सानो गौचरणको गहना पोखरी, कालिमाटी, ललितपुरको कुपण्डोल, नख्खु दोबाटो गरी आठ स्थानमा यो पर्व मनाउनका तयारी गरिएको छ ।

राजधानीमा आयोजित छठ समारोहमा दुई ठाउँमा राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता हुने भएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले राजधानीको गुह्ेश्वर र कमलपोखरीमा आयोजित छठ पूजा समारोहमा राष्ट्रपति भण्डारीको सहभागिता हुने जानकारी दिनुभयो ।

गृह्ेश्वरी छठ पूजा समितिका संयोजक राजकुमार पोद्दारले ६६५ जना ब्रतालुका लागि ठाउँ निर्माण गरिएको जानकारी दिनुभयो । गुह्ेश्वरीमा आयोजना हुने छठ पूजामा सहभागी ब्रतालुमध्ये ४० प्रतिशत पहाडी समुदायको सहभागिता हुने गरेको उहाँले बताउनुभयो । यसपालि पहाडी समुदायको सहभागिता अझै बढ्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।
छठ पूजा समारोहमा विगतझैँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेतालाई आमन्त्रण गरिएको जानकारी समेत उहाँले दिनुभयो ।

कमलपोखरी छठ पूजा समितिका महासचिव रामकुमार जैनले ३१० जना ब्रतालुले आफ्नो ठाउँ (घाट) सुरक्षित गराइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार, गत वर्ष २७३ जनाले यहाँ छठ पूजा गरेका थिए । ठाउँ सुरक्षित गर्न अनिवार्य शुल्कको व्यवस्था नगरिएको उहाँले बताउनुभयो |

विगत आठ वर्षदेखि कमल पोखारीमा छठ मनाइँदै आएको र हरेक वर्ष पहाडी समुदायको सहभागिता बढ्दै गइरहेको जानकारी समेत उहाँले दिनुभयो ।
उहाँका अनुसार यहाँ बसुन्धरा, थानकोट, कोटेश्वर, कालोपुल, रातोपुल, कपनलगायतका ठाउँबाट पहाडी समुदायको सहभागिता हुने गरेको बताउनुभयो ।
उहाँका अनुसार, गत वर्ष पहाडी समुदायबाट ३० जना ब्रतालुको सहभागिता भएको थियो भने यो वर्ष ३५ जनाले ठाउँ सुरक्षित गराइसकेका छन् ।
ब्रतालु र भक्तजनको मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्नुका साथै निःशुल्क स्वास्थ्य सेवा, ब्रतालुका लागि ओढ्ने ओछ्याउने कपडाको समेत व्यवस्था गरिएको छ । साथै आगो ताप्नका लागि दाउराको समेत व्यवस्था गरिएको छ ।

कमल पोखरीमा अतिथिको रुपमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेतालाई आमन्त्रण गरिएको जानकारी उहाँले दिनुभयो । त्यसैगरी, छठ पूजा तथा समाज सेवा समिति, कुपण्डोलका अध्यक्ष राकेश मेहताले कुपण्डोलमा आयोजना गर्न लागिएको छठ पूजा समारोहमा सोमबार दिउँसोसम्म १५० जना ब्रतालुले ठाउँ सुरक्षित गराइसकेको जानकारी दिनुभयो । विगत २१ वर्षदेखि छठ पर्वको आयोजना हुँदै आएको कुपण्डोलमा ब्रतालुबाट कुनै किसिमको शुल्क वा चन्दा नलिने गरिएको उहाँले बताउनुभयो ।

यहाँ आयोजित छठ पर्वमा पहाडी समुदायको सहभागिता हरेक वर्ष बढ्दै गएको बताउँदै उहाँले गत वर्ष पहाडी समुदायबाट सातजना ब्रतालुको सहभागिता रहेकोमा यो वर्ष ११ जनाले ठाउँ सुरक्षित गराइसकेको जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16