ललितपुर, २०७५ साल कात्तिक २६ गते सोमबार । ”फुलको डाली नुग्ने बेला भो, आफ्नै मन घाइते गराउछु, लोकप्रिय गितका सर्जक तथा गायक युवराज आचार्य हुन । उनले केहि समय पहिला सार्वजनिक गरेको सो गीत आज सम्म पनि चर्चामा छ । उनै लोकप्रिय गायक तथा सर्जक आचार्यले यस्तै उत्कृष्ट गित लिएर फेरी दर्शक स्रोता सामु आएका छन । आचार्यले भर्खर मात्र सार्वजनिक गरेको गित हो नौटङ्की । अत्यन्तै उत्कृष्ट शब्द सोहि अनुसारको लय सिर्जना रहेको सो गीतको खोट लगाउने ठाँउ केहि पनि छैन ।

स्टेज कार्यक्रम र प्रत्यक्ष दोहोरीमा उत्कृष्ट गायकको परिचय पाएका आचार्यका आज सम्म सार्वजनिक भएका सबै गीत अत्यन्तै उत्कृष्ट भएका छन भने सबै गीतले स्रोता दर्शकको मन पनि जितिरहेका छन ।

कामको शिलशिलामा जापानमा रहेका बागलुङका अब्बल सर्जक तथा गायक आचार्य जहाँ भए पनि गीत संगीतमा आफ्नो दरो उपस्थिति जनाउन भने छोडेका छैनन । कामको थकानबाट बचेको समय आचार्यले यस्तै कालजयी सिर्जना गर्नमा विताउने गर्दछन ।

माया प्रेम लगाउने नव जोडीहरुको कथाबस्तुलाई रमाइलो सँग गीतमा उतारेका आचार्यको पछिल्लो गीतमा उनलाई आवाजमा पुर्णकला वि.सीले साथ दिएकी छन भने गीतको लय र शब्द आचार्य कै रहेको छ ।

आर अडियो म्युजिक प्रा.लि को प्रस्तुतिमा गायक युबराज आचार्यको नौटङ्की सार्बजनिक गरिएको छ ।

प्रकाश भट्टको उत्कृष्ट निर्देशनमा तयार भएको सो गीतको म्युजिक भिडियो समेत प्रशंसा गर्न लायक बनेको छ । अञ्जली अधिकारी र नरेश विर सिंहको नृत्य रहेको सो गीतलाई बुढा सुब्बा म्युजिकले आफ्नो च्यानल मार्फत सार्वजनिक गरेको छ ।

गित सार्वजनिक भए पछि आचार्यले विगतमा स्रोता दर्शकले आफ्नो सिर्जनाहरुलाई जुन माया गर्नुभएको थियो सो माया यो गीतबाट पनि पाउनेमा आफु आशावादी रहेको बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्