Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
५:१८:१७ बेलुका
- ADVERTISEMENT -

कांग्रेस नेताको तिहारमा यस्तो छ योजना

प्रकाशित मिति: २०७५ कात्तिक २३, शुक्रबार

1224
Shares

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार धुमधामका साथ मनाइँदैछ । सबैले आ-आफ्नो गच्छेअनुसार तिहार पर्व मनाइरहेका छन् । गाउँदेखि सहरसम्म तिहारको हर्षोल्लास छ । गाउँ सहर झिलिमिली बनेका छन् । उज्यालो पर्वका रूपमा लिइने तिहारलाई दाजुभाइ तथा दिदीबहिनीको पर्वका रूपमा लिइने भएकाले दाजुभाइहरू दिदीबहिनीकोमा आउने वा दिदीबहिनी दाजुभाइकहाँ गएर भाइटीका लगाउने चलन छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर सु–स्वास्थ्य दीर्घायुको कामना गर्छन् भने दाजुभाइले आफ्नो गच्छेअनुसारको दक्षिणा दिने गर्छन् । दोस्रो ठूलो चाड कांग्रेसका प्रमुख नेताहरूले चाहिँ कसरी मनाउने योजना:

शेरबहादुर देउवा (नेपाली काँग्रेस, सभापति )

यसपालिको तिहार विगतका वर्षझैं बूढानीलकण्ठस्थित आफ्नै निवासमा मनाउने तयारी गरेका छन् । उनका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवाले निवासमा देउसी खेल्न आउने विभिन्न समूहसँग रमाउँदै तिहार मनाउने छन् । साथै सदाका वर्षझैँ काँग्रेस नेत्री मिना पाण्डे र बहिनी गोमा शाहका हातबाट भाइटीका ग्रहण गर्ने तयारी रहेको स्वकीय सचिव भानुले जानकारी दिएका छन् ।

रामन्द्र पौडेल (काँग्रेस वरिष्ठ नेता)
यस पटक भाइटीका नलगाउने भएका छन् । उनका ज्वाइँको निधन भएकाले तिहारको कुनै तयारी नगरेको पौडेलेको पारिवारिक स्रोताले जनाएको छ । सोही कारण नेता पौडेलले दशैँमा पनि भारतको उत्तराखण्डको हिमालयमा अवस्थित तीर्थस्थल केदारनाथधाम र बद्रीनाथ धामको भ्रमण गरेका थिए । तिहारपछि भने उनी कार्यकर्तासँग राजनीतिक भेटघाटका लागि देश दौडाहामा निस्कने योजनामा रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

विमेलेन्द्र निधी (उपसभापति काँग्रेस)
निधीले यसपालिको तिहार प्रदेश २ मा मनाउने भएका छन् । उनी भाइटीका ग्रहण गर्न सप्तरीस्थित राजविराजमा दिदी राधादेवी कर्णकहाँ जाने भएका छन् । त्यसका लागि उनी भाइटीकाको दिन बिहानै राजविराज जाने निधीका स्वकीय सचिव विकास विक्रमले जानकारी दिए ।

विजयकुमार गच्छदार(उपसभापति काँग्रेस)
थारु परम्पराअनुसार तिहार मनाउने भएका छन् । थारु परम्पराअनुसार गच्छदारले भाइटीकाको साइतभन्दा केही समयपछि मात्रै बहिनी ९काकाकी छोरी ० को हातबाट तीका लागाउने गच्छदारका सहयोगहरूले बताएका छन् । तिहार मनाउन उपसभापति गच्छदार गोवद्र्धन पूजाका दिन गृहजिल्ला मोरङ पुग्नेछन् । उनी तिहार तथा छठ पर्व मनाएर मात्रै काठमाडौँ फर्कने तयारीमा छन् ।

शशांक कोइराला (महामन्त्री,काँग्रेस )
विगतका वर्षझैँ यसपालिको तिहार काठमाडौंमै मनाउने तयारी गरेका छन् । कोइरालाले महाराजगञ्जस्थित निवासमा बहिनी सुजाता कोइरालाको हातबाट भाइटीका ग्रहण गर्ने उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

पूर्णबहादुर खड्का (महामन्त्री,काँग्रेस)
यसपालिको तिहार नमनाउने भएका छन् । गतवर्ष फागुनमा आमाको निधन भएको र वर्षदिन नपुगेको भन्दै यसपालिको दशैं तिहार उनले नमनाउने भएका हुन् । विधान मस्यौदा समतिका संयोजक समेत रहेका खड्काले तिहारमा टीका नलगाए पनि तिहारमा कार्यकर्ता भेटघाट र विधानबारे छलफल गर्ने तयारी गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -