- ADVERTISEMENT -

कुलमान भन्छन् “मन खोलेर बत्ती बाल्नुस, समस्या छैन”

November 7, 2018
1678
Shares
- ADVERTISEMENT -

कार्तिक २१ -नेपालीहरुले भोग्दै आएको कहाली लाग्दो अन्धकारलाई हटाएर खुसी दिएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यतिबेला सबैको प्रशंसाको पात्र बनेका छन् । पोहोरसम्म तिहारमा अन्धकार देख्नु परेका नेपालीहरुले यस पटकको तिहारमा भने मन खोलेर झिलिमिली पार्न पाउँने भएका छन् ।

पहिलो पटक प्राधिकरणको भवन समेत झिलीमिली पारेर सजाईएको छ त्यो भने लक्ष्मी पूजाको साँझ दिल खोलेर बत्ती बालून् भन्ने सन्देश दिन । उनले भने “हामीले भवन सिंगारेका छौं, यो प्रतीकात्मक हो। तपाईंहरू पनि दिल खोलेर बत्ती बाल्नुस् भन्ने सन्देश दिएका हौँ । “आज साँझ १२७० मेगावाट बिजुली माग हुने अपेक्षा छ, त्योभन्दा बढी भयो भने पनि हामी व्यवस्थापन गर्न सक्छौं। समस्या छैन।”

- ADVERTISEMENT -

Advertisement

पोहोरसम्म तिहारमा कम बिजुली खपत गर्न आग्रह गरिएको थियो तर यस पटकको तिहारमा भने नेपालीहरुले मन खोलेर घर सजाउँन पाउँने छन् । उनी भन्छन् “यसपाली हाम्रो उत्पादन बढेको छ, चोरी नियन्त्रण भएको छ, आयात पनि विश्वासनीय भएको छ तर त्यसको तुलनामा पिक आवरको लोड बढेको छैन,” कुलमान ले भने, “त्यसैले हामीलाई समस्या छैन।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -