२१ कार्तिक, चितवनको भरतपुरस्थित बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा सिटि हल बनाउने संबन्धि चर्चाले आँफ्नो गंभिर ध्यानाकर्षण भएको नेपाली काँग्रेसले जनाएको छ । मंगलवार बसेको केन्द्रिय कार्यसमिति बैठकले अस्पतालको जग्गा कुनै पनि निकाय वा तहले अन्य प्रयोजनमा प्रयोग गर्न नपाउने समेत स्पष्ट पारेको छ ।
पार्टीको दबाबलाई बेवास्ता गर्दै अस्पतालमा महानगरले भौतिक संरचना बनाउन खोज्नु गलत हुने काँग्रेसको ठहर छ । पार्टी केन्द्रिय कार्यालयका सचिब कृष्णप्रसाद पौडेलद्वारा जारी केन्द्रिय समितिको निर्णयमा सिटि हल बनाउने काम अविलम्ब रोक्न संबन्धित पक्षलाई सचेत गराईएको छ । अस्पताल हातामा सिटि हल बनाउने निर्णयबाट पछि हट्ने निर्णय भए पश्चात पनि महानगर बेवास्था गर्दै अघि बढ्न खोजेपछि केन्द्रिय समितिले ध्यानाकर्षण गराएको हो ।
यसअघि गत भाद्र २७ गते हरितालिका तीजको दिन जिल्ला समन्वय समिति चितवन, नेकपा चितवन, काँग्रेस चितवन र महानगरबीच अस्पतालको जमिनमा सिटि हल नबनाउने भद्र सहमति भएको थियो । भद्र सहमति भएको बैठकमा जिसस चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, महानगर प्रमुख रेणु दाहाल, नेकपा नेता तेजेन्द्रबाबु खड्का, काँग्रेसबाट सभापति जितनारायण श्रेष्ठको सहभागिता रहेको थियो ।
सो भद्र सहमति पश्चात सिटि हल क्यान्सर अस्पतालको सट्टा जिल्ला प्रहरी कार्यालय अगाडीको गेष्ट हाउस चौरमा बनाउने चर्चा चलेको थियो । जिसस चितवनले नै गेष्टहाउस चौरमा सिटि हल बनाउृन सकिने प्रस्ताब ल्याएको काँग्रेस चितवनका सभापति श्रष्ठले बताउनुभयो ।
यसैबीच भरतपुर महानगरले भने सिटि हल क्यान्सर अस्पतालको जमीनमा बनाउने पूर्व तयारीबाट आँफुहरु पछि नहटेको स्पष्ट पारेको छ । सर्बपक्षिय छलफलका दौरान गेष्टहाउस चौर बिकल्प हुन सक्छ मात्रै भनिएको तर पूर्ब निर्णय रद्द नगरिएको महानगर श्रोतको दाबि छ । जिल्लाको झिना–मसिना बिषयबस्तुमा काँग्रेस केन्द्रिय समितिले चासो ब्यक्त गर्नु दुर्भाग्यपूर्ण रहेको श्रोतले बतयो ।