२०८३ वैशाख ६, आइतबार
१०:३८:१७ राति
- ADVERTISEMENT -

महाकवि देवकोटाकाे मन छुने कविता ‘पागल’

प्रकाशित मिति: २०७५ कात्तिक २१, बुधबार

3219
Shares

काठमाडौं, 21 कात्तिक २०७५ । लक्ष्मी पूजाको दिन जम्मेकाले लक्ष्मीको प्रसाद स्वरुप महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाम लक्ष्मीप्रसाद राखिएको हो ।

तर उहाँ लक्ष्मीको प्रसाद हैन, सरस्वतीको प्रसाद मात्र बन्न सफल हुनुभयो । जीवनभर गरिबीमा बाँच्न विवश देवकोटाले दर्जनौं कृति लेख्नुभएको छ । महाकवि देवकोटाका प्रमुख कृतिमा सुलोचना, शाकुन्तल, महाराणाप्रताप, भक्त प्रल्हाल लगायत ६ वटा महाकाव्य र मुनामदन, कुञ्जिनी, सावित्री सत्यवान, वनकुसुम जस्ता २१ वटा खण्ड काव्य छन् ।

मुनामदन अहिलेसम्म पनि सबैभन्दा धेरै रुचाइएको कृति हो । देवकोटाको ६ सय ६४ वटा फुटकर कविता भेटिएका छन् । यस्तै नेपाली निबन्ध संग्रहमा पनि उहाँको विशिष्ट योगदान छ ।

महाकवि देवकोटाको फुटकर कवितामध्ये कविता ‘पागल–२०१०’ सर्वाधिक चर्चित र उत्कृष्ट कविता मानिन्छ । पागल देवकोटाको गद्य कविता हो । देवकोटाका व्यक्तिगत जीवनमा आएको सङ्कट, पितामाताको निधन, हुर्किसकेका छोराको मृत्यु, एमए पढ्ने अपूर्ण धोको आदी उतारचढावले महाकवि देवकोटाको मानसिक स्थितिमा केही परिवर्तन आएको थियो ।

त्यसैले उहाँलाई १९९५ को पुसमा मानसिक रोगको उपचारका लागि राँची लगियो । राँचीका मानसिक उपचार गर्ने डाक्टरले देवकोटामा मानसिक समस्या नभएको निक्र्योल गरेर फर्काइदिए । राँचीबाट फर्किएपछि देवकोटालाई उहाँका छरछिमेककी, इष्टमित्र र साथीभाइले पागल भनेर विभिन्न अवसरबाट बिमुख गराउन थाले ।

देवकोटाका साथीहरू कठिन काम गर्न उहाँलाई अघि सार्थे तर कुनै पद र प्रतिष्ठा प्राप्त हुने अवस्था आउँदा पागल भनेर उहाँलाई पन्छाउँथे । २००८ सालमा सल्लाहकारसभा चुनावमा देवकोटा पनि उम्मेदवार हुनुहुन्थ्यो तर तिनै क्षुद्र साथीहरूले देवकोटा पागल भइसकेका छन् भन्ने प्रचार गरेर चुनावमा हराउने काम गरे ।

भारतीय विद्वान महापण्डित राहुल सांकृत्यानले समेत देवकोटालाई भेटेर केही संवादका आधारमा देवकोटा पागल भइसकेको स्वीकार गरी भारतीय पत्रिकामा लेख छपाए ।

महापण्डित सांकृत्यानको लेखले देवकोटाको छाती चिरियो । यस्तै साहित्यिक, राजनीतिक र सामाजिक क्षेत्रमा अनुभूत गर्नुपरेका पीडाजन्य व्यवहार, व्यक्तिगत जीवनमा भोग्न परेका आरोहअवरोह, शोक, आर्थिक सङ्कट, अपमान तथा आफन्तबाट गरिएको तिरस्कारजन्य कुराको प्रतिक्रियास्वरूप पागल कविता पैदा भएको किटान गर्न सकिन्छ ।

महाकवि देवकोटाले पागल कवितामा आफूमाथि लाग्ने गरेको पागलपनको आरोपलाई व्यङ्ग्यात्मक रूपमा स्वीकार गर्दै आफ्ना आत्मवेदना र विद्रोहका भाव पोखिएका छन् ।

देवकोटाका मन छुने कविता पागल यस्ताे छ :

पागल
जरूर साथी म पागल
यस्तै छ मेरो हाल।

म शब्दलाई देख्दछु
दृश्यलाई सुन्दछु्

बासनालाई सम्बाद लिन्छु।
आकाशभन्दा पातला कुरालाई छुन्छु।

ती कुरा,
जसको अस्तित्व लोक मान्दैंन
जसको आकार संसार जान्दैन
म देख्दछु, ढुङ्गालाई फूल
जब, जलकिनारका जल चिप्ला ती,
कोमलाकार, पाषाण,

चाँदनीमा,
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैँ,
फूलझैँ, एक किसिमका चकोर फूल
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग

एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न।

जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी ! छाल छाल
जरुर साथी म पागल
यस्तै छ मेरो हाल
तिमी चतुर छौ, वाचाल
तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ

मेरो गणितमा एकबाट एक झिके, एकै बाँकी रहन्छ
तिमी पाँच इन्द्रियले काम गर्छौ, म छैटौँले
तिम्रो गिदी छ साथी, मेरो मुटु।

तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ
म तरल पद्य छु

तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैका उल्टो
तिम्रो संसार ठोस छ
मेरो बाफ

तिम्रो बाक्लो, मेरो पातलो
तिमी ढुङ्गालाई बस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई

मेरो छ वेग काँडाको साथी
तिम्रो सुनको र हीराको

तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल।

जरुर साथी,
मेरो एक नशा ढिलो छ
यस्तै छ मेरो हाल ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98