- ADVERTISEMENT -

यमपञ्चक सुरु आज काग तिहार

November 5, 2018
1995
Shares
- ADVERTISEMENT -

काठमाडौँ, कात्तिक १९ गते । कात्तिक कृष्ण त्रयोदशीका दिन सोमवार यमदूत मानिने कागलाई भोजन गराइ कागप्रति श्रद्धा प्रकट गरिँदै छ । यमराजले यसै दिनदेखि मत्र्यलोकमा पाँचदिनसम्म विचरण गर्न आएका हुन्छन् भन्ने जनविश्वासमा यो पाँचदिनलाई यमपञ्चक भन्ने गरिन्छ ।

यो दिन कागप्रति श्रद्धा प्रकट गर्दै पूजन गरेमा पितृले सोझै पाउँछन् भनिन्छ । अन्य दिन पनि कागलाई भोजन गराउँदा पितृ खुशी हुन्छन् भन्ने मान्यता छ । कागलाई चतुर पन्छीका रुपमा लिइन्छ । फोहर कसिङ्गर र सिनुसमेत खाने भएकाले वातावरण स्वच्छ राख्न कागले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

- ADVERTISEMENT -

Advertisement

काग धुरीमा कराउँदा र कागले मैथुन गरेको देखेमा अशुभ हुन्छ भन्ने ज्योतिषीय मान्यता रहेको ज्योतिषी डा. सुनिल सिटौला बताउनुहुन्छ । काठमाडौँको उत्तर पूर्वी क्षेत्र गागलफेदीमा रहेको कागेश्वरी मन्दिर परिसरमा राखिएको अजङ्गको कागको प्रतिमामा स्थानीय युवाले मेला आयोजना गरेका छन् । वीपी सङ्ग्रहालय प्रमुख पर्शुराम पोखरेलका अनुसार दशैँका बेला लाग्ने कागेश्वरी मेला भने यो होइन ।
कागेश्वरी मेलाका दिन रातो मच्छिन्द्रनाथको भोटो देखाए जसरी देखाइने गरेको कागको प्रतिमा गायव भएपछि यहाँ कागको नयाँ प्रतिमा स्थापना गरिएको हो । गायव भएको कागको प्रतिमाको खोजी होस् भन्ने जनमाग रहेको उहाँ बताउनुहुन्छ ।

यसैबीच आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती काग तिहारकै दिन मनाइन्छ । यो दिन आरोग्य दिवस पनि परेकाले आयुर्वेद क्षेत्रका सङ्घसंस्था उद्योग पसललगायतले धन्वन्तरीको पूजा अर्चना गरेर आरोग्य दिवस मनाउँछन् ।
राजधानीको जयवागेश्वरीस्थित नेपालमा एकमात्र धनवन्तरी मन्दिरमा वागमती अञ्चल आयुर्वेद औषधालय र जयवागेश्वरी युवा क्लवले पूजा अर्चना सहित विशेष समारोहको आयोजना गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -