२०८३ वैशाख ६, आइतबार
११:५१:१३ राति
- ADVERTISEMENT -

यमपञ्चक सुरु आज काग तिहार

प्रकाशित मिति: २०७५ कात्तिक १९, सोमबार

2148
Shares

काठमाडौँ, कात्तिक १९ गते । कात्तिक कृष्ण त्रयोदशीका दिन सोमवार यमदूत मानिने कागलाई भोजन गराइ कागप्रति श्रद्धा प्रकट गरिँदै छ । यमराजले यसै दिनदेखि मत्र्यलोकमा पाँचदिनसम्म विचरण गर्न आएका हुन्छन् भन्ने जनविश्वासमा यो पाँचदिनलाई यमपञ्चक भन्ने गरिन्छ ।

यो दिन कागप्रति श्रद्धा प्रकट गर्दै पूजन गरेमा पितृले सोझै पाउँछन् भनिन्छ । अन्य दिन पनि कागलाई भोजन गराउँदा पितृ खुशी हुन्छन् भन्ने मान्यता छ । कागलाई चतुर पन्छीका रुपमा लिइन्छ । फोहर कसिङ्गर र सिनुसमेत खाने भएकाले वातावरण स्वच्छ राख्न कागले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

काग धुरीमा कराउँदा र कागले मैथुन गरेको देखेमा अशुभ हुन्छ भन्ने ज्योतिषीय मान्यता रहेको ज्योतिषी डा. सुनिल सिटौला बताउनुहुन्छ । काठमाडौँको उत्तर पूर्वी क्षेत्र गागलफेदीमा रहेको कागेश्वरी मन्दिर परिसरमा राखिएको अजङ्गको कागको प्रतिमामा स्थानीय युवाले मेला आयोजना गरेका छन् । वीपी सङ्ग्रहालय प्रमुख पर्शुराम पोखरेलका अनुसार दशैँका बेला लाग्ने कागेश्वरी मेला भने यो होइन ।
कागेश्वरी मेलाका दिन रातो मच्छिन्द्रनाथको भोटो देखाए जसरी देखाइने गरेको कागको प्रतिमा गायव भएपछि यहाँ कागको नयाँ प्रतिमा स्थापना गरिएको हो । गायव भएको कागको प्रतिमाको खोजी होस् भन्ने जनमाग रहेको उहाँ बताउनुहुन्छ ।

यसैबीच आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती काग तिहारकै दिन मनाइन्छ । यो दिन आरोग्य दिवस पनि परेकाले आयुर्वेद क्षेत्रका सङ्घसंस्था उद्योग पसललगायतले धन्वन्तरीको पूजा अर्चना गरेर आरोग्य दिवस मनाउँछन् ।
राजधानीको जयवागेश्वरीस्थित नेपालमा एकमात्र धनवन्तरी मन्दिरमा वागमती अञ्चल आयुर्वेद औषधालय र जयवागेश्वरी युवा क्लवले पूजा अर्चना सहित विशेष समारोहको आयोजना गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98