काठमाडौ । गौचन हत्यामा संलग्न रहेका गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमतीलाई प्रहरीले प्रक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बस्न्यातकी श्रीमती माया शेरचनलाई स्वयम्भुको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ गरिएको प्ररहीले जनाएको छ ।

यसअघि गत वर्ष २३ असोजमा बानेश्वरमा गोली हानी हत्या गरिएका शरद गौचनको घटनामा उनको पनि संलग्नता देखिएको प्रहरीको दाबी छ ।समिरका ३ जना सुटर पक्राउ परेसँगै घटनामा मायाको संलग्नता पनि सार्वजनिक भएको हो । समिर प्रक्राउ परेसंगै जेल चलान गरी मुस्ताङ सुरुवा गर्दा प्रहरीले आफनो श्रीमानको इन्काउन्टर गरेर मार्न लागेको आरोप लगाएर रुदैँ पत्रकार सम्मेलन गरेकी थिईन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्