- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सर्लाहीमा मारिएका कार्यकर्तालाई सहिद घोषणा गर्न काग्रेँसको माग​, कांग्रेसले गर्‍यो आज​ जिल्ला बन्द

November 4, 2018
1499
Shares
- ADVERTISEMENT -

सर्लाही १८ कात्तिक २०७५ । नेपाली काङ्ग्रेसले सर्लाही रामनगर गाउँपालिका–४ का रामविलास महतोको हत्यामा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गर्दै आज आन्दोलनमा उत्रिएको छ ।

गएको सोमबार कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप हुँदा रामनगर गाउँपालिका वडा नम्बर ४ का रामविलास महतोको गोली लागि मृत्यु भएको थियो। उक्त घटनाको विरोध र हत्यारालाई कारबाही माग गर्दै शनिबार साँझ जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा मसाल जुलुस गरेको कांग्रेसले आइतबार जिल्ला बन्द गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

कांग्रेसले मृतकलाई शहीद घोषणा गर्न, नेकपाका कार्यकर्ताको कुटपिटबाट घाइते भएका रामनगर वडा नम्बर ४ का अध्यक्ष रामनरेश महतोसहित अन्य घाइतेहरूको नि:शुल्क उपचार गर्न, दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई उचित राहत प्रदान गर्न माग गरेको छ ।

आफ्ना मागसहितको ज्ञापनपत्र उसले जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत् गृह मन्त्रालय पठाएको थियो। सरकारले आफ्ना मागको कुनै सुनुवाइ नगरेको भन्दै कांग्रेस आन्दोलनमा उत्रिएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com