- ADVERTISEMENT -

देउवा भन्छन्, ‘पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिन्छु’

November 3, 2018
1310
Shares
- ADVERTISEMENT -

काठमाडौं, कार्तिक १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट कांग्रेस पार्टीको सिद्धान्त विजय भएको बताएका छन्।

दसैं, तिहार, छठ तथा नेपाल संवत्‌को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न कांग्रेस काठमाडौं महानगरपालिका–४ कार्यसमितिले शनिबार आयोजना गरेको कार्यक्रममा देउवाले तीन तहको निर्वाचनपछि कांग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागि रहने र पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिने बताए ।

- ADVERTISEMENT -

Advertisement

उनले देश अप्ठ्यारो अवस्थामा रहेको चर्चा गर्दै मुलुकमा बलात्कार तथा हिंसाजन्य अपराध धेरै बढेको र सरकारले पीडितलाई न्याय दिन नसकेको उल्लेख गरे।कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस एक ढिक्का भई निर्वाचनमा गएमा अर्को पटक कांग्रेसले निर्वाचन जित्न सक्ने विचार व्यक्त गरे । उनले गएको निर्वाचनमा पार्टीभित्रको गुट उपगुटका कारण पार्टीले पराजय भोग्नुपरेको बताए । –

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -