- ADVERTISEMENT -

गोरखामा नि: शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

November 3, 2018
1763
Shares
- ADVERTISEMENT -

गोरखा, २०७५ साल कात्तिक १७ गते शनिबार । नेपाल रेडक्रस साेसाइटी उप-शाखाले भुकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत १ दिने पशु स्वास्थ्य शिविर सम्पन्न गरेकाे छ ।

सिरानचाेक गाउँपालिका वडा न ७ काे कार्यालय परिसरमा संचालन गरेको नि: शुल्क पशु स्वास्थ्य शिविरमा नि:शुल्क अाैषधी वितरण, परामर्श र पशु विमाकाे बारेमा कृषकहरुलाई जानकारी गराइएकाे थियाे ।

- ADVERTISEMENT -

Advertisement

नेपाल रेडक्रस गाेरखा शाखाले भुकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत रेडक्रस श्रीनाथकाेट उपशाखासंग समन्वय र सिरानचाेक गाउँपालिका-७ वडा कार्यालको सहकार्यमा नि: शुल्क पशु स्वास्थ्य शिविर संचालन गरेको हो ।

जिल्ला पशु इकाइ कार्यलय गाेरखाकाे विशेषज्ञ टाेली र रेडक्रस गाेरखा शाखाकाे प्राविधिक टाेलीले शिविरमा अाैषधी वितरण गर्नुका साथै निशुल्क परामर्श तथा पशु विमाबारे जानाकारी गराउदै पशुपंक्षीकाे माध्यमबाट अाय:अार्जन वृद्दि गराउन शिविर काेशेढुङ्गा सावित हुने बताउनुभयो ।

उक्त शिविरमा बाख्रा ११७४, गाई ४८, गाेरु १२६, भैंसी २४७, कुखुरा १६७७, परेवा ६७, कुकुर ३, बंगुर ४, गरी जम्मा ३३४६ पशुपंक्षीहरुलाई नि:शुल्क अाैषधी वितरण गरिएको थियो । सोहि स्थानमा खसी बाख्रालाई नुअाउने प्रविधि समेत देखाइएकाे थियाे ।

परियाेजना अन्तर्गत नेपाल रेडक्रस साेसाइटी श्रीनाथकाेट उप-शाखाकाे समन्वयमा गाेरखा शाखा मार्फत केेही बीउ बाेका र बाख्रा नुहाउने तयारी पाेखरी वितरण गर्ने कार्यक्रम रहेकाे छ, उप-शाखाका सभापति मेघ विलास ढकालले भन्नुभयो । नेपाल रेडक्रस साेसाइटी गाेरखा शाखाले सिरानचाेक गाउँपालिका वडा न ७ का वडाहरुमा अाफ्नाे थप कार्यक्रमहरु संचालन समेत गरेकाे छ, त्यसमा श्रीनाथकाेट उप-शाखाले वडा कार्यलयसंग समन्वय गरी खानेपानी, सेल्टर, जिविकाेपार्जन, स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा उल्लेखनिय परियाेजनाका थप गतिविधिहरु संचालन गर्ने जनाएको छ ।

शिबिरमा उप-शाखाका पदाधिकारीहरु, वडा कार्यलयका प्रतिनिधिहरु, रेडक्रस परियाेजनाका कर्मचारीहरु, विशेषज्ञकाे टाेली र स्थानिय कृषकहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -