२०८३ वैशाख ६, आइतबार
११:३३:०५ राति
- ADVERTISEMENT -

केशव स्थापित मन्त्रीबाट बर्खास्त

प्रकाशित मिति: २०७५ कात्तिक १६, शुक्रबार

1809
Shares

काठमाडौ, १६ कात्तिक २०७५ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा योजना विकास मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरेका छन् । शुक्रबार स्थापितलाई पदबाट बर्खास्त गरिएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ। बुधबारको मन्त्रिपरिषद बैठकमा स्थापितले पौडेललाई गालीगलौज र दुर्व्यवहार गरेका थिए।

स्थापितले काम प्रभावकारी रुपमा नगरेको र आफूलाई अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै उनलाई मन्त्री पदबाट हटाउनु पर्ने निश्कर्षमा प्रदेश तीनका मुख्यमन्त्री पौडेल पुगेका थिए । उनले प्रधानमन्त्री र नेकपा शीर्ष नेतासँगपनि परामर्श गरेका थिए । बुधबारको मन्त्रीपरिषद् बैठकमा मुख्य मन्त्री पौडेलले सबैभन्दा धेरै बजेट छुट्याए पनि प्रभावकारीरुपमा काम किन हुन सकेन भन्ने प्रश्न गर्दा भौतिक पूर्वधार तथा विकास मन्त्री स्थापित मुख्यमन्त्री पौडेलसँग एकाएक आक्रोशित बनेका थिए। उनले नेपालीमा भएका गाली जति बैठक कक्षमा नै मुख्यमन्त्रीलाई गरेको आरोप छ । बैठकमा सहभागि एक मन्त्रीका अनुसार मन्त्री स्थापितले मुखै छोडेर मुख्यमन्त्री पौडेललाई गालीगौलज गरेपछि पौडेल उनलाई आफ्नो मन्त्रीमन्डलमा नराख्ने निधोमा पुगेका थिए ।

पौडेलले आज पार्टी नेतृत्वसँग छलफल गरे । ‘मुख्यमन्त्री पौडेल छिटोभन्दा छिटो नेतृत्वसँग भेट गरी त्यस घटनाबारे बताउनु चाहाहनुहुनछ । काम पनि नगर्ने र अपमान गर्ने मन्त्रीलाई हटाउन चाहानुहुन्छ’, बैठकमा सहभागि एक मन्त्रीले भनेका थिए । नभन्दै पौडेलले त्यही निर्णय लिए ।

सरकारी कामकारवाही, बजेट कार्यान्वयन, कार्यविधि लगायत समसामयीक ऐजण्डामाथि छलफल भइरहेका बेला मन्त्री स्थापित निकै उत्तेजित र अभद्ररुपमा प्रस्तुत भएको त्यहाँ सहभागि अन्य मन्त्रीहरुले समेत पुष्टि गरेका छन्। ‘मन्त्री स्थापित यति धेरै आक्रोशित भएर बोल्नु भयो । अझै स्पष्ट पार्नु पर्दा उहाँले मुख छोडेर बोल्नु भयो । त्यसबाट हामी सबै आश्चार्यचकित भयौँ’, बैठकमा सहभागि एक मन्त्रीले बताए। बैठकमा सहभागि अर्का मन्त्रीका अनुसार मन्त्री स्थापितले मुख्यमन्त्री पौडेललाई धम्की समेत दिएका छन्। मुख्यमन्त्री पौडेलले यति धेरै चुनौति देखिरहेका बेला तपाईको मन्त्रालको काम प्रभावकारी हुन सकेन ।

तपाई (स्थापित)को ध्यान काममा पटक्कै छैन भनेका थिए। त्यसको जवाफमा मन्त्री स्थापितले आफ्नो कामको मुल्याङकन व्यवहारिकढंगबाट नगरिएको बताएका थिए। ‘मन्त्री स्थापितले मुख्यमन्त्रीलाई ठूलो अपमान गर्नु भएको छ । कुनै कुरा चित्त नबुझेको भए सभ्यरुपमा प्रस्तुत हुन पनि सकिन्थ्यो तर मन्त्री स्थापित त्यस्तो अवस्थामा हुनुहुन्थेन’, बैठकमा सहभागि अर्का मन्त्रीले भने। मन्त्री स्थापितलाई दुई महिलाले यौन उत्पिडन गरेको आरोप समेत लागेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98