२०८२ चैत २९, आइतबार
८:१४:२८ राति
- ADVERTISEMENT -

निर्मला बलात्कारपछि हत्याको सयदिनः ७ छानबिन टोली, निश्कर्ष शून्य अनुसन्धान अझै शंकामा

प्रकाशित मिति: २०७५ कात्तिक १६, शुक्रबार

1288
Shares

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन पूरा भएको छ। तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्। प्रहरीको अनुसन्धान उपलब्धिहीन देखिएको छ। अनुसन्धान सूक्ष्म र साँघुरो पार्दै लगिएको प्रहरी अझै दाबी गर्छ।

‘अनुसन्धान भइरहेको छ, तर यहाँ पुग्यो भन्ने अवस्था छैन।’ जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझाले भने, ‘केन्द्रदेखि जिल्लासम्म थुप्रै टोली अनुसन्धानमा खटिएका छौं।’ ‘अनुसन्धानका थुप्रै पाटा हुन्छन्, ती सबै प्रयोग गरिएको छ’, उनले भने, ‘ प्रहरीले सम्पूर्ण शक्ति लगाएको छ।’

निर्मलाका आमाबुवा न्यायका लागि भौंतारिरहेका छन्। हत्यारा पक्राउ पर्लान् र न्याय पाइएला भन्ने उनीहरूको आशा मर्दै जान थालेको छ। ‘न्याय मागिरहेका छौं’, निर्मलाका बुवा यज्ञराजले भने, ‘सरकारले उल्टै पीडा दियो।’ सरकार हत्यारा पत्ता लगाउनभन्दा अन्य विषयतर्फ केन्द्रित भएको उनको आरोप छ। ‘न्यायका लागि शान्तिपूर्ण आन्दोलन गर्दा उल्टै गोली हाने। दुःख मात्रै भयो’, उनले थपे, ‘न्याय नपाएसम्म निरन्तर लडिरहन्छौं।’ आन्दोलनका घाइतेको उपचारमा समेत सरकारले लापरबाही गरेको उनले बताए।

‘चारैतिर भौंतारिँदा परिवारको दैनिकी चलाउन समस्या हुन थालिसक्यो’, निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘सरकारले अहिलेसम्म किन हत्यारा पक्रन सकेन, को छ जसलाई जोगाउन यत्रो खेल भइरहेको छ।’ दुई प्रहरीको बर्खास्तलाई आँखा छल्ने काम भएको उनले गुनासो गरिन्।

‘न्याय मागेका माग्यै छौं’, उनले भनिन्, ‘कतैबाट सुनुवाइ भएन।’ निर्मलाका हत्यारालाई कारबाहीको माग राखेर आन्दोलनमा लागेका अधिकारकर्मीसमेत सरकारको शैलीप्रति रुष्ट भएका छन्। ‘न्यायका लागि सय दिनसम्म सडकमा भौंतारिँदा पनि अहिलेसम्म सरकारले हत्यारा पक्रन सकेको छैन’, नागरिक संघर्ष समितिका संयोजक मीना भण्डारीले भनिन्, ‘शक्तिशाली भएरै होल जोगाइएको छ।’ सरकारले यसलाई गम्भीरतापूर्वक नलिए थप कडा आन्दोलन गरिने उनले चेतावनी दिए।

प्रहरीले अनुसन्धानकै क्रममा पाँच जनाको डीएनए परीक्षण गरिसकेको छ। थप चारको डीएनए परीक्षण भइरहेको छ। ठोस परिणाम आउन नसकेपछि प्रहरीले शंकास्पद अन्यको पनि डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गरेको छ। ‘पुनः चार जनाको रगत संकलन गरी परीक्षणका लागि पठाएका छौं, रिजल्ट के आउछ हेरौं’, कञ्चनपुरका एसपी कुबेरसिंह कडायतले भने, ‘यी चारजनाको डीएनए म्याच नभए शंकास्पद सबैको डीएनए जाँच्ने छौं।’ बर्खास्त गरिएका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, अर्का युवक आयुष विष्ट, दिलीपसिंह विष्ट र चक्रदेव बडूको डीएनए जाँच भइसकेको छ।

गृहमन्त्रालयले एसपी विष्टसँगै र वडा प्रहरी कार्यालय इन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्त गरेको छ। डीएसपीद्वय ज्ञानबहादुर सेट्टी र अंगुर जिसी, इन्स्पेक्टर एकेन्द्र खड्का, सई हरसिंह धामी, असई रामसिंह धामी र जवान चाँदनी साउँदलाई निलम्बन गरी अनुसन्धान थालिएको छ।

साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी बालिका निर्मला पन्तको साउन ११ गते निम्बुखेडास्थित उखुबारीमा शव भेटिएको थियो। उनको साउन १० गते नै बलात्कारपछि हत्या भएको थियो। हत्यारा पक्राउको माग गर्दै महेन्द्रनगरमा आन्दोलन चर्किएको थियो। भदौं ४ गते घटनाको २६ दिनपछि प्रहरीले भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई अभियुक्त भन्दै सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलन चर्किएको थियो।

आन्दोलन हिंसात्मक बन्दै गएपछि भदौं ७ र ८ गते प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर ८ गते भीमदत्त नगरपालिका १८ सन्नी खुनाको मृत्यु भयो भने अन्य घाईते छन्। घटनाको सत्यतथ्य छानबिन गर्न चौतर्फी दबाब बढेपछि सरकारले भदौ ७ गते गृहमन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। शुरुमा १५ दिन र पछि १५ दिन म्याद थपेर समितिलाई छानबिन गर्न समय दिइएको थियो। समितिले असोज ९ गते प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको थियो ।

पहिलो टोली: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुसन्धान टोली, प्रमाण नष्ट

गत १० साउनमा निर्मलाको बलात्कारपछि हत्या भयो । घटनाको भोलिपल्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गर्न टोली बनायो र खटायो । इन्स्पेक्टर एकिन्द्र खड्काको टोलीले अनुसन्धान गर्न भन्दै डेढ सयभन्दा बढी स्थानीयलाई जिल्ला प्रहरी कार्यलयमा बोलाएर सोधपुछ गर्‍यो ।

प्रहरीले थप अनुसन्धान गर्न भन्दै जीवन घर्ती, दीपक नेगी, चक्र बडू, हेमन्ती भट्टलाई पक्राउ गरेर शारीरिक र मानसिक यातना दियो । यसै समयमा फेला परेसम्मका प्रमाण नष्ट गर्दै गयो । अनुसन्धानमा कमजोरी भएको भन्दै खड्का निलम्बितमा परे ।

दोस्रो टोली : सिआइबीका डिएसपी जिसीको निष्कर्ष स् अभियुक्त दिलीपसिंह बिष्ट

निर्मलाको न्यायका निम्ती सामाजिक आन्दोलन चर्किदै जाँदा घटनाको चौँथो दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले डिएसपी अंगुर जिसीलाई नेतृत्व बनाएर नयाँ टोली खटायो ।
डिएसपी जिसीको टोलीले २५ औँ दिनमा दिलीपसिंह बिष्ट प्रक्राउ गरी उनीलाई नै अभियुक्त भएको निष्कर्ष निकाल्यो । त्यति मात्रै होइन, गत ४ भदौमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिकसम्म गर्न गर्‍यो । तर, डिएनए टेष्टमा मेल नखाएपछि बिष्ट छुटे । तर, आफ्नो अनुसन्धानमा कुनै कमी नभएको बताउँदै विश्वस्त रहेको डिएसपी जिसी बताउँछन् । उनको अनुसन्धानमा सत्यता नभएको भन्दै निलम्बनमा परेका छन् ।

तेस्रो टोली: एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन जारी, एसपी सेवानिवृत्त

प्रहरीले बलात्कारका दोषी पत्ता लगाउन सकेन, उल्टै प्रमाण नष्ट गर्‍यो भनेर आक्रोश बढेसँगै एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा छानबिन समिति बन्यो । सुवेदी त्यस बेला विदेशमा रहेकाले एआइजी धीरु बस्नेतलाई त्यसको जिम्मेवारी दिइयो ।

तत्कालीन एसपी डिल्लीराज बिष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई भविष्यमा अयोग्य हुने गरी सेवाबाट हटाउन सो टोलीले गरेको सिफारिसअनुसार गृहले दुवैलाई बिहीबार सेवाबाट बिदा ग¥यो । एआइजी बस्नेत आफूहरू छानबिनमा नै रहेको बताउँदै आएका छन्  । तथ्य परिपक्व भएपछि विवरण सार्वजनिक गर्ने बताएका छन् ।

चौँथो टोली: अनुसन्धानमा खटिएका ज्ञवालीको बढुवा, अख्तियारमा सरुवा

सिआइबीको पहिलो टोली विवादमा फसेपछि तत्कालीन एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा नयाँ टोली गठन भयो । टोली गठन भएको करिब दुई महिना भइसक्यो । ज्ञवाली बढुवा भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भए । टोलीका डिएसपी कमल थापाको नेतृत्व गरेको यो टोलीले अहिले पनि कञ्चनपुरमा बसेर अनुसन्धान गरिरहेको छ ।

पाँचौँ टोली: एसपी दुर्गा सिंह नेतृत्वको टोली फिल्डमा अनुसन्धान गर्दै

महिला प्रहरीलाई स्थानीयले सूचना दिन सक्ने आँकलन गर्दै एसपी दुर्गा सिंहलाई कञ्चनपुर पठाइयो । उनको टोली कञ्चनपुरमा नै कार्यरत छ । उनी भन्छिन्, ‘अनुसन्धानको क्रममा थप सुचना संकलन गर्दै छौँ ।’

छौटौ टोली: गृहका सहसचिव मैनालीको निष्कर्ष, अनुसन्धान टोलीबाट लापरबाही

दिलीपसिंह बिष्ट पक्राउ परेको भोलिपल्ट स्थानीयले आन्दोलन सुरु गरे । आन्दोलन व्यापक भएपछि प्रहरीले गोली चलायो । त्यसपछि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गर्‍यो । जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका १र१ डिआइजी र प्रदेश ७ का उपसचिव सदस्य थिए ।

समितिले एक महिनापछि प्रतिवेदन निकाल्यो । सोही आधारमा पाँच प्रहरी निलम्बनमा परे । दबाबपछि समितिको प्रतिवेदनसमेत सार्वजनिक भयो । तर, प्रतिवेदनमा अभियुक्त बारे केही संकेतसम्म दिएन । जसले समितिको आलोचना भयो । समितिले विशेष अनुसन्धान टोली बनाएर घटनाको अनुसन्धान गर्न सुझाव दिएको छ । आफूहरूलाई अपराधी पत्ता लगाउने भन्दा अनुसन्धानमा भएका गल्ती र बल प्रयोग घटनाको सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी मन्त्रालयले दिएको समितिका संयोजक मैनाली बताएका छन् ।

सातौँ टोली: विशेष व्युरोको टोली घटनास्थलमा तर, अविश्वास

प्रहरीमाथि नै अविश्वास हुन थालेपछि प्रहरी प्रधान कार्यालयले विशेष व्युरोको एक गोप्य टोली कञ्चनपुर पठायो । स्थानीय प्रहरीलाई समेत थाहा नदिइ टोलीले केही साता कञ्चनपुरमा बसेर सुचना संकलन गर्‍यो । त्यस टोलीले प्रहरीको कमजोरीबाहेक अनुसन्धानमा महत्वपूर्ण सुचनाको संकेतसम्म पाउन सकेन । प्रहरी अधिकारीको रुखो व्यवहारले प्रहरीमाथि स्थानीयको विश्वास नभएको निष्कर्ष टोलीले निकाल्यो ।

आसपासका सयौँको डिएनए परीक्षण तयारी

अनुसन्धानको टोलीले बालिका पन्त बलात्कारपछि हत्याको परिणाम देखाउन नसकेर आलोचना खेपिरहँदा सरकारले सय दिन पुग्नै लाग्दा घटना भएको आसपासका सयौँको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्त समेत डिएनए परीक्षणमा तानिने भएको प्रहरीले जनाएको छ ।

यसक्रममा गत मंगलबार डिएनए परीक्षण गर्न थप चार जनाको रगत प्रयोगशालामा पठाएको छ । अनुसन्धानमा विभिन्न कोणबाट धेरै शंका देखिएका व्यक्तिको डिएनए परीक्षण गर्न लागिएको कञ्चनपुर प्रहरीले बताउँदै आएको छ ।

निर्मला पन्त प्रकरण भएको सय दिनसम्म आइपुग्दा धेरै छानबिन समिति गठन भए । अनुसन्धानमा प्रहरीको कमजोरीसमेत पत्ता लगाउन गठित समिति अहिलेसम्म कुनै निष्कर्शमा पुग्न सकेको छैन ।आजका पत्रपत्रिकामा खवर छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16