- ADVERTISEMENT -

नेपाली कांग्रेसकाे चियापान कार्यक्रम शुक्रबार

November 1, 2018
1133
Shares
- ADVERTISEMENT -

कार्तिक, १५ । नेपाली कांग्रेसले यस वर्षकाे विजयादशमी, दीपावली, नेपाल सम्वत्, छठ लगायत पर्वहरुको अवसरमा भाेलि (शुक्रबार) शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भबन बीपीनगर, ललितपुरमा भाेलि हुने चियापान कार्यक्रम दिउँसाे १ बजेदेखि बेलुकी ५ बजेसम्म हुने कांग्रेसले जनाएकाे छ । वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले जलपान समारोह गरी शुभकामना आदान-प्रदान गर्ने परम्परा बसालेकाे हाे ।

- ADVERTISEMENT -

Advertisement

भाेलिकाे चियापानमा विभिन्न राजनीतिक दलका नेताहरु, नेपाल सरकार मन्त्री परिषद्का सदस्यहरु, माननीय सांसदहरु, संबैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवकहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखहरु, उधोगपति एवंम् व्यवसायीहरु, पेशागत एवं वुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, मानवअधिकारकर्मीहरु, संञ्चार गृहहरु, पत्रकारहरु, गैरआवासीय नेपालीहरुको संघसंस्थाका प्रमुखहरु लगायतका सबै महानुभावहरु, नेपाली कांग्रेस सदस्यहरु एवम् शुभेच्छुकहरु सबैलार्इ अामन्त्रण गरिएकाे नेपाली कांग्रेसले बताएकाे छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -