२०८३ वैशाख ८, मंगलबार
३:२५:३३ दिउँसो
- ADVERTISEMENT -

स्थानीय सरकार र प्रदेश सरकारसँग सहकार्य विस्तार गर्दै साझा यातायात

प्रकाशित मिति: २०७५ कात्तिक १५, बिहीबार

1748
Shares

ललितपुर, कात्तिक १५

साझा यातायातले स्थानीय सरकार र प्रदेश सरकारसँग सहकार्य विस्तार गर्ने भएको छ । दुई वर्षपहिले काठमाडौँ महानगरपालिकाले साझा यातायातको शेयर खरीद गरेकामा अहिले ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाले शेयर खरीद गरिसकेको साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो ।

नगरवासीलाई सुविधा दिनका लागि नगरपालिकाले साझासँगको सहकार्यमा बस खरीद गर्ने र सञ्चालन गर्न चाहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले पनि साझासँग सहकार्य गर्न इच्छा देखाएको छ । अरू धेरै नगरपालिकाले साझाको शेयर खरीद गर्न चाहेका छन् ।

उहाँले भन्नुभयो, “हामीले नगरपालिकालाई शेयर दिने र त्यहीँबाट बस किनेर सञ्चालन गरिरहेका छौँ ।” ललितपुर महानगरपालिकाले रु १५ करोड, ललितपुर महानगरपालिकाले रु एक करोड, गोदावरी नगरपालिकाले रु १० लाख र महालक्ष्मी नगरपालिकाले रु १५ लाख शेयर खरीद गरिसकेका छन् ।

काठमाडौँ उपत्यकाका नगरपालिकासँग सहकार्य बढाएसँगै साझाले सेवा ग्रामीण क्षेत्रसम्म विस्तार गरिरहेको छ । पहिले साझाले नगरका भित्री भागमा मात्रै सेवा सञ्चालन गरेकामा अहिले भक्तपुर, लामाटार, गोदावरी र बूढानीलकण्ठसम्म सेवा विस्तार गरेको छ ।

पाण्डेयले भन्नुभयो, “अरू स्थानीय तहसँग पनि सम्बन्ध बढाएर सेवा विस्तार गर्दै लैजाने योजना छ ।” एशियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई प्रदान गरेको विद्युतीय बस पनि साझाको व्यवस्थापनमा केही समयका लागि काठमाडौँ उपत्यकामा नै गुड्दैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81