२०८२ चैत २९, आइतबार
७:२८:४१ बेलुका
- ADVERTISEMENT -

बाबुलाई पति र हजुरबुबालाई ससुरा बनाएर जग्गाजति आफ्नै नाममा

प्रकाशित मिति: २०७५ कात्तिक १४, बुधबार

1158
Shares

सम्पत्ति हत्याउन मानिस कतिसम्म गिर्न सक्छन् भन्ने घटना पोखरा महानगरपालिका– १५ मा घटेको छ । सम्पत्ति हत्याउन पोखरामा आफ्नै बाबुलाई पति र हजुरबुबालाई ससुरा बनाई एक दिदीले बाबुको नाममा भएको सबै सम्पत्ति आफ्नो नाममा पारेपछि यतिखेर बहिनीको बिचल्ली भएको छ ।

पोखरा–१५ की रत्नाकुमारी शाहले बहिनी दुर्गा कुँवरमाथि यस्तो अन्याय गरेकी हुन् । बाबुलाई पति र हजुरबुबालाई ससुरा बनाएर सबै सम्पत्ति हत्याएर दिदीले बहिनीमाथि अन्याय गरेको भन्दै पोखराका महिलाले गण्डकी प्रदेशका मुख्यमन्त्री, कानुनमन्त्री, उपसभामुख, जिल्ला प्र्शासन कार्यालय कास्की, पोखरा महानगरपालिका र १५ नम्बर वडा कार्यालयमा मंगलबार जानकारी गराएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, उपसभामुख सिर्जना शर्मा, महानगरपालिकाका प्रमुख मानबहादुर जीसी र १५ नम्बर वडाका अध्यक्ष प्रकाश पौडेललाई बहिनी दुर्गा अन्यायमा परेको भन्दै पोखराका महिलाले सो जानकारी गराएका हुन् ।

जानकारी गराउने क्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कहिलेकाहीँ कानुनले एउटा पक्षलाई न्याय दिँदा अर्को पक्ष अन्यायमा परेको हुन सक्छ, यस्ता विषयमा यथार्थ बुझेर अगाडि बढ्नुपर्ने बताएका छन् । सो अवसरमा गुरुङले आफूले कानुनको परिधिमा रहेर गर्न सक्ने सहयोग गर्ने बताए ।

त्यस्तै, महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले आफूलाई यो विषय पहिलादेखि नै जानकारी रहेको भन्दै दुर्गालाई न्याय दिने बाटोको खोजी भइरहेको उल्लेख गरे ।

अदालतले पनि दिदी रत्नाकुमारी शाहकै पक्षमा फैसला गरेपछि स्थानीय महिला र समाजसेवी यसको विरोधमा छन् । स्थानीय पवित्रा गुरुङले २०–२२ वर्ष जेठी दिदीले जालसाजी गरी सम्पूर्ण कागजात आफ्नै पक्षमा पारेकीले कानुनी हिसाबमा दुर्गा चुकेको बताइन् ।

तर, जालसाजी गरेर आफ्नै बहिनीलाई सडकमा पुऱ्याउने दिदीलाई सामाजिक बहिष्कार गरी अधिकार दिलाउन सबै पोखरेलीसँग पवित्राले आह्वान गरेकी छिन् । उनले दुर्गाको न्यायका लागि आफूहरू अन्तिमसम्म पनि लडिरहने बताइन् ।

यस्तो छ घटना

दुर्गा कुँवर पोखराको रामबजारमा थोत्रो घरमा बस्दै आएकी छिन् । उनी त्यो घरमा बसेको ४३ वर्ष भयो । दुर्गाका बाबु भारतीय रेलवेमा काम गर्थे । त्यहीँबाट कमाएको पैसाले पोखराको रामबजारमा उनले घरजग्गा जोडे । छोरी रत्नाकुमारीलाई राम्रोसँग पढाए । रत्नाकुमारी २२ वर्षकी भएपछि बहिनी दुर्गाको जन्म भएको हो । आफू बुझ्ने भएपछि रत्नाकुमारीले जालसाजी गरी सबै कागजपत्र मिलाएर उक्त जग्गा आफ्नो नाममा ल्याइन् र चुपचाप बसिन् । जब दुर्गा बढ्दै गइन् त्यहीबीचमा रत्नाकुमारीको बिहे भयो । उनी आफ्ना लाहुरे पतिसँग बेलायत गइन् । तर, दुर्गा बिहे नगरी घरमा बाआमाको रेखदेख गरेर बसिन् । त्यतिबेलासम्म दुर्गालाई घरजग्गा दिदीको नाममा छ भन्ने थाहा भएन । बाआमाको देहावसानपछि दुर्गाले नै काजकिरिया गरिन्, तर रत्ना बेलायतबाट आइनन् । ०६१ मा रत्ना आएर यो मेरो सम्पत्ति हो, यहाँबाट निस्की भनेपछि दुर्गा छाँगाबाट खसेझैँ भइन् । त्यसपछि दुर्गा अदालत गइन्, तर दिदी रत्नाले बनाएका प्रमाणका अगाडि दुर्गाको केही लागेन । जिल्ला अदालत कास्की र उच्च अदालत पोखराले दिदीकै पक्षमा फैसला गरिदियो ।a

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16