- ADVERTISEMENT -

छठ पर्वको लागि पोखरी सजाइँदै

October 29, 2018
1163
Shares
- ADVERTISEMENT -

वीरगञ्ज, १२ कात्तिक

लोक आस्थाको पर्वका रुपमा रहेको छठपर्वको तयारी अहिले अन्तिम चरणमा पुगेको छ ।

- ADVERTISEMENT -

Advertisement

वीरगञ्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरुपमा सजाइने काम भइरहेको छ । कतिपय पोखरी तथा घाटमा सरसफाइसमेत गरिने काम शुरु भएको छ ।

तराईमा छठको आफ्नो छुट्टै महत्व रहेको छ । मिथिलाको पौराणिक महत्व बोकेको घरीहर्वा, नगवा, रानीघाटलगायतका पोखरी तथा सरोवरसहितको पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सजाइने काम भइरहेको छ । स्थानीयवासीका अनुसार प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । छठको लागि आवश्यक पर्ने सामनाको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड लागेको छ ।

स्थानीयवासीका अनुसार विगतमा भन्दा यस वर्ष छठको आवश्यक पर्ने सामानको मूल्य निकै वृद्धि भएको छ । छठको लागि एक महीना पहिलेदेखि जोहो गर्ने काम शुरु भए पनि मुख्य विधि कात्तिक २६ गते पञ्चमीको दिनदेखि शुरु हुन्छ ।

यो पर्व गर्नाले सुख समृद्धि, पुत्र प्राप्ति र मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ । महाभारतकालमा द्रोपती र अनुसुइयाले पनि छठको व्रत बसेको धार्मिक ग्रन्थमा उल्लेख रहेको छ । यसले उनीहरूमाथि आइपरेका विपत्तिबाट छुटकारा पाएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख रहेको पाइन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -