Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१७:०९ बिहान
- ADVERTISEMENT -

काँग्रेस महासमितिको बैठक मङसिरमा

प्रकाशित मिति: २०७५ कात्तिक ११, आइतबार

806
Shares

ललितपुर, कात्तिक ११ गते । आगामी मङ्सिरमा हुने नेपाली काँग्रेस महासमितिको बैठक काठमाडौँमै हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा मङ्सिर ५ गतेदेखि ९ गतेसम्म महासमिमितको बैठक गर्ने काँग्रेसले निर्णय गरेको छ ।

नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शनिवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय पदाधिकारी र उपत्यकाका तीन जिल्ला कार्यसमितिका पदाधिकारीहरूसँगको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा सभापति देउवाले काठमाडौँ जिल्ला कार्य समितिलाई महासमितिको बैठक स्थलको तयारीका लागि पनि निर्देशन दिनुभयो । त्यसैगरी यही कात्तिक १६ गते तय भएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई पनि भब्य र ब्यवस्थित बनाउनका लागि पनि निर्देशन दिनुभएको पार्टी सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, शनिवार स्थानीय ब्यवस्थापन तयारी समिति र उपत्यकाका तीनै जिल्ला कार्यसमितिको बैठकले बसेर शुभकामना आदानप्रदान कार्यक्रमलाई तीन वटै जिल्लाका पदाधिकारी र कार्यकर्तालाई ब्यापक परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै, आगामी महासमिति बैठकका लागि पनि आवश्यक उपसमितिहरू गठन गर्ने निर्णय बैठकले गरेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -