८ कात्तिक २०७५ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री चत्रप्रसाद बास्तोलाको आज १३ औं पुण्य तिथीको अबसर पारेर शोक सभाको आयोजना गरिएको छ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित शोक सभालाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा बास्तोलाको योगदानको स्मरण गरेका थिए।

सभापति देउवाले माओवादीलाई शान्ति बार्तामा ल्याउन पनि बास्तोलाको महत्वपूर्ण योगदान रहेको बताए।

उपसभापति विमलेन्द्र निधिले पार्टीलाई अप्ठेरो परेका बेला पटक पटक गाँठो फुकाउने काममा बास्तोलाको भूमिकाको सम्झना गरेका थिए। सम्बोधनको सुरुमै बास्तोलालाई सम्झेर भक्कानिएका निधिले बास्तोलालाई निष्ठा र अदभूत क्षमताका नेताको रुपमा स्मरण गरे।

उनले भने ‘किसुनजी र गिरिजा बाबु मात्रै होइन, सुशील कोइराला र शेरबहादुर देउवालाई पनि मिलाएर लैजाने भूमिका उहाँले खेल्नुभयो ।’अहिलेको राजनीतिक परिस्थितिमा बास्तोलाजस्तो नेताको आवश्यकता औंल्याउँदै निधिले उहाँको अभाव पार्टीमा खड्किरहने उल्लेख गरे।

कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंले आफ्ना मामा बास्तोलाले पर्दा पछाडि बसेर लोकतन्त्र र मुलुकका लागि पुु¥याएका् योगदानको चर्चा गरेकी थिइन्।
६ बर्षयता अर्धचेत अवस्थामा रहेका नेता चक्र बास्तोलाको गत असोज २७ गते निधन भएको थियो।

लामो समयसम्मको उपचारपछि पनि पूर्ण चेतमा नआएपछि बास्तोलालाई अर्धचेत अवस्थामा घरमै डाक्टरको निगरानीमा राखिएको थियो। प्रजातान्त्रिक आन्दोलन र कांग्रेस राजनीतिमा महत्वपूर्ण भूमिका खेलेका बास्तोला ०४८ सालमा भारतका लागि नेपालको राजदूत समेत बनेका थिए । उनी ०५२, ५५, ०५६ गरी ०५७–०५८ सम्म गरी चार पटक मन्त्री बनेका थिए ।

०५८ सालमा भएको राजदरबार हत्याकाण्डताका उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री थिए । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनको लागि उनले गिरिजाप्रसाद कोइरालालाई नजिकबाट सघाएका कांग्रेसी नेता पनि हुन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्