२०८२ चैत २९, आइतबार
८:११:०३ राति
- ADVERTISEMENT -

राजमार्गका होटलमा यात्रु ठगिँदै अनुगमन र कारबाही शून्य

प्रकाशित मिति: २०७५ कात्तिक ८, बिहीबार

1556
Shares

काठमाडौँ, कात्तिक ८ गते । राजमार्गमा सञ्चालित होटल, रेस्टुरेन्ट र अन्य पसलले यात्रुबाट मनलागी रकम असुल्दै आएका छन् । होटल वा रेस्टुरेन्टवालाले जति मूल्य भने पनि यात्रुहरू तिर्न बाध्य भएका छन् ।
जिम्मेवार निकायबाट यस्ता होटल तथा रेस्टुरेन्टको प्रभावकारी अनुगमन हुन नसक्दा दशैँमा घर जाने र फर्किने यात्रु अझ चर्को मूल्य तिर्न बाध्य भए ।

स्याङ्जा पुगेर काठमाडौँका लागि आउँदै गर्दा चितवनको मुग्लिङको होटलमा खाना खाँदै गर्दा भेटिनुभएका रमेश अधिकारीले मनपरी मूल्य लिएको भन्ने थाहा हुँदाहुँदै पनि बाध्य भएर खानु परेको गुनासो गर्नुभयो । राजमार्गका होटलवालाहरूले वर्षौंदेखि खाना र खाजाका नाममा मनपरी मूल्य असुल गरिरहेका छन् तर सरकारको अनुगमन कहाँ छ भनी उहाँले प्रश्न गर्नुभयो ।

उहाँजस्तै तीन बच्चा र श्रीमतीसहित बाग्लुङ गएर काठमाडौँ फर्किने क्रममा मुग्लिनकै होटलमा खाना खाँदै गर्दा भेटिनुभएका पर्वतका विमल पौडेलले पनि राजमार्गका होटल पैसा लुटने ठाउँ भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, राजमार्गका होटलमा गाडीवाला र होटलवालाको सेटिङमा त्यस्तो हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, एउटा मात्रै होटल भएका ठाउँमा गाडी रोकिन्छ र यात्रु जस्तोसुकै र जति मूल्य परे पनि खानै पर्ने बाध्यता हुन्छन् । यस्तो लुट भएको थाहा हुँदाहुँदै पनि सरकारको जिम्मेवार निकाय मुकदर्शक बनेर बसेको छ । anugaman
राजमार्गका होटलमा ठगिने अधिकारी र पौडेल र अधिकारी त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । यस्तो ठगीमा यात्रा गर्ने सबैतिरका राजमार्गका होटलमा हुन्छन् ।

उपभोक्ता अधिकारकर्मी विमला खनालले सरकारका जिम्मेवार निकायको बजार अनुगमन देखावटी, भक्ता पचाउने र नागरिक झुक्याउने खेलो भएको तर्क गर्नभयो । आफूहरूले राजमार्गका होटलवालाले खाना र खाजाका नाममा मनपरी मूल्य र गुणस्तरहीन खाद्यन्न बिक्री गर्दै गरेको र यस्ता होटललाई कारबाही गर्नुप¥यो भनेर आफूले धेरैपटक भन्दा पनि सरकारका जिम्मेवार निकाय कानमा तेल हालेर बसेको आरोप उहाँले लगाउनुभयो ।
उपभोक्तामाथि ठगी गर्ने व्यापारीलाई कारबाही गर्ने जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विगतदेखि नै विशेष प्राथमिकता दिएको बजार अनुगमन गर्दै आएको दाबी
गरेको छ ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले विभागको नेतृत्वमा उपत्यकाका अनुगमन गरिएको र जिल्लामा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थानीय उपभोक्ता अधिकारकर्मी, सरकारका सरोकारवाला निकायले संयुक्त रूपमा अनुगमन गरी बदमासी गर्ने व्यापारीहरूलाई कारबाही भएको दाबी गर्नुभयो ।

मनपरी मूल्य असुल्न गर्ने र वासी गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्ने राजमार्गका होटल तथा व्यवसायीलाई कारबाही गरिने भन्दै उहाँले त्यस्ता होटलको विरुद्धमा सबै सचेत नागरिकले प्रतिकार पनि गर्न सुझाव दिनुभयो । उहाँले नागरिकको सहयोग भएन भने सरकारको अनुगमनले मात्रै यस्ता बेतिथि नियन्त्रण गर्न सम्भव नहुने पनि बताउनुभयो ।
विभागका अनुसार सरकारका विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा चालु आर्थिक वर्षको तीन महिनामा खाद्यन्न पसल, होटल, रेस्टुरेन्ट, डिपार्टमेन्टस्टोर, खाद्य उद्योगलगायत गरी झण्डै ७४८ वटा अनुगमन गरेको छ । त्यसमा कारबाही भने पाँच प्रतिशतभन्दा कमलाई मात्र भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16