मेडिकल युर्निभसिटि अफ विएना र इनभाइरमेन्ट एजेन्सि अफ अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुले हालै जारी गरेको रिपोर्टमा यो सावित गरेका छन् कि करिब ९ प्रकारका प्लास्टिकका कण खाने–पिउने तथा अन्य तरिकाले मानिसहरुको पेटमा पुगिरेहका छन् ।

यी मध्ये केही टुक्रा मलको रुपमा शरिरबाट बाहिर निस्कन्छ भने कैयौ कण शरीरमा नै फैलन्छन जुन रगतमा मिलेर प्रवाहित हुन थाल्छन् । अनुसन्धानमा सहभागी केही ब्यक्तिको पेटबाट मानवको कपालको मोटाईभन्दा ३ गुणा सानो कण पाइयो जुन धुलो र सेन्थेंटिक कपडाद्धारा श्वास लिदा शरीरमा पुग्दछ ।

पेट बन्यो पलास्टिकको भण्डार

यो अनुसन्धानमा ब्रिटेन, फिनल्याण्ड, इटली, नेदरल्याण्ड, पोल्याण्ड, रुस र अष्ट्रेलियाका आठ शाहाकारी र मांसहारी भोजन गर्ने ब्यक्तिहरुमा अनुसन्धान गरीएको थियो । सबैको शरीरबाट ९ विभिन्न प्रकारका प्लास्टिकका कणहरु पाइएको थियो ।

बढ्दो प्रदुषण
प्लास्टिकको कणले वायु र जल प्रदुषण बढाइरहेको छ । वाशिंग मेशिनमा एकपटक कपडा धुदा करिब सात लाख प्लास्टिक फाइबरको कण वातावरणमा घुलिन्छ ।

सैयौ कणहरु
अनुसन्धान अनुसार प्लास्टिकको पानीको बोतल, खानामा प्लास्टिकको भाडाहरुको प्रयोग, खाना राख्ने डब्बा, खाद्यपदार्थ राख्ने प्लास्टिकका टिन, डब्बा, भाडा तथा माछाद्धारा सैयौ प्लास्टिकका कणहरु पेटमा पुगीरहेका छन् । साथै धुलो तथा सेन्थेटिक मटरियलको कपडाबाट प्लास्टिक फाइबर श्वास लिदा मानिसहरुको शरिरमा पुग्दछ ।

कलेजोलाई हानि
प्लास्टिकको कैयौ साना–साना कण शरीरमा नै रहन्छ र रगतसँग प्रवाह हुन थाल्छ । अन्तिममा यो लसीका तन्त्र र कलेजो सम्म पुग्न सक्दछ, जसले मानिसहरुको रोग प्रतिरोधात्मक क्षमतालाई प्रभावीत गर्न सक्दछ र विषाक्त पदार्थलाई शरिरमै जम्मा गर्न सक्छ । पेटको रोगबाट पिडित विरामीहरुको लागी यो प्लास्टिक अरु खतरनाक हुन सक्छ ।

पोलिप्रोइलीन र पोलिथिनटेरेफेथलेट ९ मध्ये ती दुई प्रकारका प्लाष्टिक हुन जसको कण साधरणतय मानिसहरुको पेटमा पाईन्छ । यि दुबै प्रकारका प्लास्टिकको प्रयोग खाद्य पदार्थको उत्पादन र प्याकिङमा प्रयोग गरिन्छ । अनुसन्धानमा यो कण ५० देखी ५०० माइक्रोमिटरको पाइयो । साधारयातय मानिसहरुको कपालको मोटाई १७ देखी १८१ माइक्रोमिटर हुन्छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्