- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

प्रधानमन्त्री ओलीद्धारा पूर्व राजाहरुले लगाउने श्रीपेच सार्वजनिक, सर्वसाधारणले पनि अब हेर्न पाउने

October 15, 2018
2679
Shares
- ADVERTISEMENT -

काठमाडौं, असोज २९

पूर्व राजाहरुले लगाउने श्रीपेच सार्वजनिकसगै सर्वसाधारणलाई पनि हेर्न खुल्ला गरिएको छ । निक्कै नै बहुमुल्य सो श्रीपेच नारायणहिटी दरबार संग्राहलयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्नुभएको हो । विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ ।

- ADVERTISEMENT -

Advertisement

तत्कालीन राजाहरुले पहिरने श्रीपेचमा ७५० वटा हिराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्र छन् । श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्ली भने वर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो । श्रीपेचमा कल्ली बाहेकका भागमा हिरामोती, माणिक, नवरत्न, सुन जडित छ । राजदण्ड र चमरमा भने सुनैसुन छ । अन्तिम राजा ज्ञानेन्द्र शाहले श्रीपेच लगाएका थिए । गणतन्त्र स्थापनापछि उनले सुरुमा श्रीपेच हस्तान्तरण गर्न चाहेका थिएनन् । तर, सरकारले राम्रो नहुने चेतावनी दिएपछि नेपाल सरकारलाई हस्तान्तरण भयो । लामो समयसम्म श्रीपेचलाई डिजिटल पासवर्ड प्रणाली भएको दराजमा राखिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com