- ADVERTISEMENT -

नेता बास्तोलाको निधनप्रति काँग्रेसद्वारा शोक प्रस्ताव पारित

October 14, 2018
1475
Shares
- ADVERTISEMENT -

काठमाण्डौं, आश्विन, २८ । नेपाली काँग्रेसले पार्टी नेता एवम् पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको आईतबार बसेको आकस्मिक बैठकले नेता बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । गएराति निधन हुनु भएका उहाँको निधनप्रति गहिरो दुःख व्यक्त शोक प्रस्ताव पारित गरिएको पार्टीका महामन्त्री डा. शशांक कोइरालाले जानकारी दिनु भयो । काँग्रेसले नेता बास्तोलाको निधनबाट नेपालको लोकतान्त्रिक आन्दोलन र सिंगो मुलुकलाई अपूरणीय क्षति पुगेको पनि जनाएको छ । बौद्धिक, निष्कलंक, प्रखर र क्रान्तिकारी नेता पार्टीले गुमाएको उल्लेख गर्दै काँग्रेसले नेता बास्तोलाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति पनि उच्च सम्मान प्रकट गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

काँग्रेसले नेता बास्तोलाको निधनबाट शोकाकुल परिवारप्रति हार्दिक समवेदान पनि व्यक्त गरेको छ । त्यसैगरी उहाँको निधनमा आईतबार (आज), सोमबार र मंगलबार ३ दिन पार्टीको पार्टी केन्द्रिय कार्यालय र देशभरका सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने र श्रद्धाञ्जली बाहेकका अरु सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय पनि गरेको छ ।

यसैबीच, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय नेता बास्तोलाको पार्थिव शरिरमा पार्टीको झण्डा ओडाएर सम्मान गर्नु भएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उहाँको पार्थिव शरिरमा काँग्रेसलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता, समर्थक शुभेच्छुकले श्रद्धाञ्जली व्यक्त गरेका थिए । गएराति ललितपुरको खुमलटारस्थित निवासमा निधन हुनु भएका नेता बास्तोलाको केही बेरमा अन्त्युष्टि हुँदैछ ।

२०६९ साल पुस १४ गते विराटनगरको बन्धु भेलामा सहभागी हुने क्रममा ब्रेन अट्याक हुनु भएका बास्तोला त्यसयता अचेत अवस्थामा रहनु भएको थियो । बास्तोलाले परराष्ट्रमन्त्री र भारतका लागि नेपाली राजदुतको भूमिका पनि कुशलताका साथ निर्वाह गर्नु भएको थियो । नेता बास्तोला २०४६ सालको जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई परराष्ट्र नीति निर्माणमा महत्वपूर्ण योगदान दिने नेताको रुपमा पनि परिचित हुनुहुन्थ्यो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -