Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२५:२० बिहान
- ADVERTISEMENT -

पिङ संस्कृति लोप हुँदै

प्रकाशित मिति: २०७५ असोज २७, शनिबार

2564
Shares

आश्विन २७ |नेपालीको महान् पर्व दशैँ तिहारमा अनिवार्य जस्तो बनेको पिङ हाल्ने र खेल्ने परम्परा नै लोप हुँदै गएको छ । जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा तीजदेखि दशैँ तिहारसम्म पिङ हालेर खेलिने चलन अहिले लोप हँुदै गएको हो ।

दशैँका बेलामा बस्तीका टोल- टोलमा पिङ हाल्नका लागि आतुर हुने र खेल्नका लागि तछाडमछाड गर्ने देखिन्थ्यो, तर पछिल्ला वर्षमा युवा पुस्तालाई पिङप्रति चासो नै छैन । युवापुस्ता पिङप्रति आकर्षित हुन नसक्दा पिङ खेल्ने संस्कृति नै हराउन थालेको हो । वर्षको एक पटक धर्ती छोड्नु पर्छ भन्ने मान्यताका कारणले पीङप्रति मानिसको रुचि निकै रहेको पाइन्थ्यो । किशोर, युवादेखि वयस्क उमेर समूहका मानिस  पिङ खेलप्रति निकै आकर्षित हुने गर्दथे । आधुनिक जीवनशैलीका कारण मानिस पिङप्रति रुचि देखाउन छाडेका छन् ।

व्यावसायिक प्रयोजनका लागि सञ्चालन हुने मेला, महोसत्वमा नै मानिस आधुनिक ढुङ्गका पिङ खेल्न पाइने भएपछि पिङप्रतिको रुचि कमजोर हँुदा दशैँ तिहारमा खेलिने पिङ प्रविधि नै लोप हुने अवस्थामा पुगेको हो । पाल्पा बगनाकाली गाउँपालिका–९ का कृष्ण भुसालले बाल्यकालमा लिङ्गे पीङ निकै खेलिने र रमाइलो हुने गरेको अुनभव सुनाउनुभयो । उहाँले काठे पीङभन्दा लुठे पीङ खेल्दा रमाइलो हुने र सबै  पिङ खेल्न आतुर हुने गर्दथे । भुषालले भन्नुभयो, “पहिला एउटा बस्तीमा एउटा पीङ देखिए पनि अहिले एउटा पनि देखिएको छैन ।”

बगनाकाली गाउँपालिका–६ यम्घाका रामप्रसाद दर्मले १५ वर्षदेखि पीङ खेल्न नपाएको बताउनुभयो । पिङ बनाउने मानिस गाउँमा नभएपछि धेरैलाई खेल्ने मन भए पनि खेल्न नपाएका हुन् । खरले बाटेर लिङ्गे पीङ बनाउने गरिएको अुनभव उहाँले सुनाउनुभयो । पूर्वी पाल्पाको रामपुर नगरपालिका–७ बागमतीका यमबहादुर सुनारले काठको पीङ देखिनै छाडे पनि लिङ्गे पिङ रामपुर क्षेत्रमा अझै देखिन्छ, पहिलाको तुलनामा विस्तारै हराउन थालेको सुनारले बताउनुभयो । युवा पुस्ताको पीङप्रति आकर्षित छैनन्, जसका कारण पिङ नै पहिलाभन्दा कम हालिने सुनारको भनाइ छ । काठ अभावमा काठे पीङ बनाउन सम्भावना नै नभएपछि लिङ्गे पीङ खेलेर मनोरञ्जन लिन रुचाउँछन् ।

सार्वजनिक स्थलमा भेटिने पिङहरू मानिसको मनोरञ्जनको साधनका रूपमा लिइने चलन रहेको थियो । पछिल्ला वर्ष सूचना प्रविधिका कारण मानिस एक्लै रमाउने र सार्वजनिक स्थलमा समूहमा रमाउनेहरू विस्तारै कमी हुँदा पीङ खेल्न संस्कृति नै हराउँदै गएकामा बुढापाकाहरु चिन्तित छन् । युवाहरू रोजगारीका लागि शहर तथा विदेश पलायन भएपछि पीङ खेल्ने संस्कृति नै हराउँदै गएको होइन, बाटो, मन्दिर, पाटीपौवालगायतका सार्वजनिकस्थलसमेत सरसफाइ हुनसकेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -