Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४५:३२ बिहान
- ADVERTISEMENT -

कांग्रेसले देशभर चियापन गर्ने

प्रकाशित मिति: २०७५ असोज २६, शुक्रबार

1898
Shares

काठमाडौं, २६ असोज २०७५ । दशैँको कोजाग्रत पूर्णिमाको दिन नेपाली कांग्रेसले वर्षेनी गर्दै आएको चियापानको स्वरूप बदल्ने भएको छ । बीपी कोइराला भारत निर्वासनबाट राष्ट्रिय मेलमिलपाको नीति लिएर फर्किएपछि २०३४ सालबाट कांग्रेसले वर्षेनी कोजाग्रत पूर्णिमाको दिन चियापान गर्दै आएको थियो । तर, अहिलेसम्म पार्टी केन्द्रीय कार्यालयमा हुँदै आएको चियापान यसपटक ७४ जिल्लामा पनि हुने भएको छ ।

काठमाडौं, गोरखा, ललितपुर, भक्तपुरको जिल्ला कार्यसमितिले केन्द्रमै कार्यक्रम गर्ने भए पनि ७ कात्तिकमा अरू ७४ जिल्ला सदरमुकाममा पनि केन्द्रीय स्वरूपमै चियापान गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

केन्द्रमा प्रधानमन्त्री, मन्त्रीहरू, राजनीतिक दलका नेता, उच्च पदस्थ कर्मचारीहरू, नागरिक समाज, पेसागत संघ–संगठनका प्रतिनिधि, कूटनीतिज्ञ, सर्वसाधारणलाई आमन्त्रित गरिने कार्यक्रमको स्वरूप जिल्लामा पनि यस्तै हुने उनले बताए । जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, प्रदेश सांसद, दलका नेता, गाउँपालिका, नगरपालिकाका प्रतिनिधि, पेसागत संगठनका प्रतिनिधिसहितलाई बोलाइने उनले जानकारी दिए ।

केन्द्रमा जस्तै कोजाग्रत पूर्णिमाको दिन जिल्लाहरूमा पनि ७ असोजमा १ बजे नै कार्यक्रम सुरु हुनेछ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले ७४ वटै जिल्लालाई परिपत्र गरी ‘सामाजिक सद्भाव र सुसंस्कृत व्यवहार अभिवृद्धि गरौँ’ भन्ने नाराका साथ शुभकामना आदानप्रदान तथा चियापानको कार्यक्रम गर्न सर्कुलर गरेको बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -