२०८२ चैत २९, आइतबार
७:३१:३६ बेलुका
- ADVERTISEMENT -

८ दिने मेलमिलाप सम्बन्धी आधारभुत तालिम सम्पन्न

प्रकाशित मिति: २०७५ असोज २६, शुक्रबार

1919
Shares

गोरखा, २०७५ साल आश्विन २६ गते शुक्रबार । पालुङटार नगरपालिकाको आयोजना तथा (कानून अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) को सहकार्यमा ८ दिने मेलमिलाप सम्बन्धी आधारभुत तालिम सम्पन्न भएको छ । पालुङटार नगरपालिका न्यायिक समितिको न्यायिक सम्पादन कार्यमा सहयोग पुग्ने उद्धेश्यले न्यायिक समितिको मातहतमा रहने गरी वडा स्तारिय मेलमिलाप केन्द्र गठन गर्न मेलमिलाप सम्बन्धी ८ दिने ( ४८ घण्टा) आधारभुत तालिम लिएको दक्ष मेलमिलापकर्ताहरु आवश्यक हुनेु हंदा सो दक्ष मेलमिलाप कर्ताहरु तयार गर्ने उद्धेश्यले यस कार्यक्रमको आयोजना गरीएको पालुङटार नगरपालिकाका कानूनी सल्लाहकार अधिवक्ता दिपककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालको संबिधान २०७२ तथा स्थानिय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नगरपालिका स्तरमा विवाद निरुपण गर्न न्यायिक समिति रहने व्यवस्था गरिएको  छ । स्थानीय न्यायिक प्रयोजनका लागि यो व्यवस्था नेपालको सबैधानिक इतिहासमा पहिलो पटक भएको हो ।संबिधानमा उल्लेखित व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने दायित्व स्थानीय तहमा रहको छ । विवाद निरुपणको कार्य आफुमा एक प्राविधिक ज्ञान र सीप आवश्यक पर्ने बिषय हो । सोहि सन्दर्भमा संबिधानबाट प्रदत्त न्यायिक अधिकार क्षेत्रको कुशल र प्रभावकारी कार्यान्वयन गर्न पालुङटार नगरपालिकामा नगर उप–प्रमुखको संयोजत्वमा तीन सदस्य रहने गरी न्यायिक समिति गठन गरिएको छ ।

पालुङटार नगरपालिका उप– प्रमुख तथा न्यायिक समिति संयोजक पम्फा बसेलको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको समापन सत्रमा माननिय जिल्ला न्यायधिश वसन्त राज पौडेलको प्रमुख आथित्यतामा अदालतमा हुने मेलमिलाप र सामुदायिक मेलमिलाप केन्द्रमा हुने मेलमिलाप प्रकृयाबारे तथा न्यायिक सम्पादनमा मेलमिलापकर्ताको भुमिकाबारे भनाइ राख्दै पालुङटार नगरपालिका न्यायिक समितिले स्थानिय स्तरमा आफ्नो क्षेत्र अधिकार भित्र रहेको विवाद निरुपण गर्दै अनुसरणिय काम गरेको बताउनुभयो ।

स्थानिय स्तरमा नै यसरी न्यायिक समिति सक्रिय भई संविधान प्रदत्तत कार्य गरेमा पिडितले सहज र सरल रुपमा न्याय पाउँने छन् भने जिल्ला अदालतमा रहेका अड्डा अदालतमा मुद्धाको चाप समेत कम हुनेछ । समापन सत्रमा जिल्ला न्यायधिवक्त सुरेन्द्र काफ्ले र गोरखा जिल्लाबार एशोसेसनका अध्यक्ष यादव शर्माले विशेष अतिथिको रुपमा उपस्थित भई क्रमस मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता २०७४ बारे कार्यक्रमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।

पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले शुभकामना मन्तव्य राख्नु हुदै पालुङटार नगरपालिकाले न्यायिक सम्पादन गर्ने कार्यमा सहज होस भन्ने उद्दश्यले विविध कानूनी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आएको कुरा बताउनु भयो । जनताले सहज रुपमा न्याय पाउँनुपर्छ भन्ने सर्वमान्य सिद्धान्तलाई अबलम्बन गरी न्यायिक समितिले आफ्नो क्षेत्र अधिकार भित्र पर्ने विवादलाई समयमा नै  निरुपण गर्दा पिडितको सर्वत्तम हित हुने र न्याय पाएको अनुभुति हुने हुदा पालुङटार नगरपालिका न्यायिक समितिले यी कुराहरु सदैब आत्मासाथ गर्नुपर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा सभापति पम्फा बसेलले समापन मन्तव्य राख्नु हुदै पालुङटार नगरपालिका न्यायिक समितिले हालसम्म ९३ वटा विवादको निवेदन (उजुरी) दर्ता गराएकोमा ५५ वटा विवादहरु मेलमिलाप मार्फत निरुपण गरी सकेकाको जानकारी दिनुभयो । न्यायिक समितिको क्षेत्रअधिकार भित्र पर्ने विवाद तथा मुद्धा हेर्न तथा कानुनी रुपमा न्यायिक सम्पादन होस भन्ने उद्धेश्यले पालुङटार नगरपालिकाले गोरखा जिल्लामा पहिलो पटक कानूनी सल्लाहकार राखी आम नगरबासीलाइ सहज हुने गरी न्यायिक समितिले काम कारबाही गर्दै आएको छ ।

यस आर्थिक बर्षमा मात्र १३ वटा मुद्धाहरु मेलमिलाप मार्फत मिलाउन सफल भएका छौ । यसरी न्यायिक समितिको विवाद अब वडा स्तारमा  मेलमिलाप केन्द्र स्थापना गरी वडाबाटै मिलाउने उद्धेश्यले आयेजना गरीएको उक्त मेलमिलाप सम्बन्धी आधारभुत तालिमबाट तयार हुनुभएका मेलमिलापकर्ताहरुले न्यायिक समितिमा सु-चिकृत भई मेलमिलाप केन्द्रबाट मेलमिलापकर्ताको रुपमा भुमिका निर्वाह गरी न्यायिक समितिको न्यायिक सम्पादन कार्यमा सहजता प्रदाने गर्नुहुने छ भन्ने उद्धेश्य न्यायिक समितिले लिएको छ ।

कार्यक्रममा प्रत्येक वडाबाट ४ जना तथा नगर कार्यपालिका सदस्यहरु गरी ५० जना सहभागिता रहेको थियो । कार्यक्रम व्यवस्थापन तथा सञ्चालन पालुङटार नगरपालिका कानूनी सल्लाहकार अधिवक्ता दिपककुमार श्रेष्ठले गर्नु भएको थियो ।

 

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16