२०८२ चैत २९, आइतबार
६:३४:०९ बेलुका
- ADVERTISEMENT -

कांग्रेस कार्यकर्तालाई महामन्त्री कोइरालाको निर्देशन : गुट-उपगुट होइन्, एक ढिक्का भएर अघि बढ्नोस

प्रकाशित मिति: २०७५ असोज २६, शुक्रबार

1715
Shares

नवलपरासी, २६ असोज २०७५ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने दाबी गर्नुभएको छ ।

विजयादशमी, दिपावली र छड पर्व २०७५ को अवसरमा पूर्वी नवलपरासीको गैँडाकोटमा काङ्ग्रेस नगर कार्य समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टीभित्र अब गुट उपगुट होइन्, एक ढिक्का भएर अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

‘अब गुट उपगुट होइन्, एक ढिक्का भएर अघि बढ्नोस, गुट उपगुटले कसैलाई फाइदा गर्दैन, पार्टीलाई त झनै गदैैन,’ महामन्त्री कोइरालाले भन्नुभयो । महामन्त्री कोइरालाले नेपालमा अहिले पनि महामानव बिपी कोइरालाको विचार उत्तिकै सान्र्दिर्भक भएकाले काङ्गे्रसले यो विचारको आधारमा पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिदैं बिपीको विचारले मात्र काङ्ग्रेसलाई एक बनाएर अघि बढाउन सकिने बताउनुभयो ।

काङ्ग्रेस आफ्नै कारण र पार्टीभित्रको केही अपवादका कारण पनि चुनाव हारेको उल्लेख गर्दै उहाँले सङ्गठनमा लाग्ने कार्यकर्ताको अब सही मुल्याकङ्न हुने र पार्टी कामको आधारमा कार्यकर्तालाई सम्मान गर्ने बताउनुभयो । महामन्त्री डा कोइरालाले हामीले अब पनि काङ्गेसलाई एक बनाएर अघि बढ्न सकेनौं भने हाम्रो भविष्य नरहने बताउँदै सङ्गठनमा पूर्ण एकताका साथ अघि बढ्न सकेमा मात्र सबैको भविष्य सुरक्षित रहने धारणा व्यक्त गर्नुभयो ।

काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्र अब तेरो र मेरो होइन, हामी एक काङ्ग्रेस भएर गाउँ गाउँमा गई जनताको मन जित्नु पर्ने बेला आएको छ भन्नुभयो । पार्टीलाई बलियो बनाउन ठोस कार्यनीति बनाई अघि बढ्नुको विकल्प नभएको उहाँले जोड दिनुभयो ।

काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, जीवन परियार, महालक्ष्मी डिना उपाध्याय, नेपाल तरुण दलका महासचिव भुपेन्द्रजङ्ग शाही लगायतले काङ्गेसमा गुटको अन्त्य गरी एकताको सन्देश गाउँगाउँमा पुर्याउन आवश्यक रहेको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16