Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०१:२० बिहान
- ADVERTISEMENT -

कांग्रेसभित्र विवाद: पौडेल-सिटौलाको चेतावनीले बैठक स्थगित

प्रकाशित मिति: २०७५ असोज २५, बिहीबार

1442
Shares

काठमाडौँ, २४ असोज २०७५ । नेपाल विद्यार्थी संघको विधानमा लगाइएको उमेर हद बन्देजको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्र विवाद बढेको छ । संस्थापन पक्षले नेविसंघ विधान संशोधन गर्दै १२औं महाधिवेशनबाटै उम्मेदवार बन्न ३२ वर्षे उमेर हद लगाउने गरी बहुमतबाट निर्णय गरेपछि कांग्रेसभित्र संस्थापन र संस्थापनइतर समूहबीच विवाद चर्केको हो ।

सो विषयमा विवाद बढेपछि बिहीबारका लागि डाकिएको केन्द्रीय समिति बैठक नै स्थगित गरिएको छ । संस्थापनइतर समूहले बहुमतका आधारमा निर्णय हुने बैठकमा उपस्थित हुनुको तुक नहुने भन्दै बहिष्कारको चेतावनी दिएपछि संस्थापन पक्षले बुधबार बैठक स्थगित गरेको हो ।

गत आइतबार बसेको केन्द्रीय समिति बैठकले बहुमतबाट नेविसंघ विधानमा ३२ वर्षे उमेर हद कायम हुनेगरी विधान संशोधन गर्ने निर्णय गरेको थियो । सो विधानलाई पारित गर्न भन्दै सभापति शेरबहादुर देउवाले बिहीबार (आज) का लागि केन्द्रीय समिति बोलाएका थिए ।

पार्टी नेतृत्वले निर्णय गर्दा विधि र प्रक्रियाको उल्लंघन गर्दै निर्णय लिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । उनीहरूले नेविसंघले निर्णय गरेर पठाएको विधानलाई पार्टी नेतृत्वले हस्तक्षेप गरेर आफूखुसी ढंगले परिमार्जन गरेको आरोप लगाउँदै आएका छन् ।वरिष्ठ नेता रामचन्द्र पौडेलले विधि र प्रक्रिया नाघेर गरिने कुनै पनि बैठकमा सहभागी नहुने जनाए ।

‘पार्टी विधि विधानमा चल्नुपर्छ, मनोमानी गरेर निर्णय गर्ने हो भने बैठकको औचित्य छैन,’ वरिष्ठ नेता पौडेलले राजधानीसँग भने । नेता सिटौला भने केन्द्रीय समितिमा सहभागी नहुने भन्दै मंगलबार नै विराटनगर गएका छन् । उनी झापा, वीरगन्ज र बारामा हुने कार्यक्रम सकेर २८ असोजमा राजधानी फर्किनेछन् ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जनाएका छन् । ‘असोज २५ गते बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -