काठमाडौँ, २२ असोज २०७५ । बरिष्ठ लोक सर्जक दुर्गा रायमाझीको नयाँ सृजना “फर्क दाई फर्क” आज सार्वजनिक भएको छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायतले गित सार्वजनिक गर्नुभएको हो । गित सार्वजनिक भएसँगै युटुवमा पनि हेर्न सकिने भएको छ ।
रायमाझीको आफ्नै शब्द, लय र स्वरमा तयार पारिएको गितमा विदेश रहेका नेपालीलाई स्वदेशमै फर्कन आह्वान गरिएको छ ।
उहाँले गित मार्फत् विदेशमा रहेकाहरु फर्किएर स्वदेशमै केही गर्ने हो भने नेपाल नै जापान, अमेरिका, हङ्कङजस्तो बन्ने तर्फ प्रवासीहरुको ध्यानाकर्षण गराउनु भएको छ ।
विदेशमा बसेर नेपालबाट गुन्द्रुक ढिँडो मगाएर खाने भए विदेश किन जाने भन्ने प्रश्न गर्दै गितमा पैसाले मात्रै सुख नहुने अनुभूती प्रवासीहरुले गरेको आशय व्यक्त गरिएको छ ।
पुराना थुप्रै गितका सर्जक रायमाझीले अहिले झण्डै एक दशकपछि नयाँ गित सार्वजनिक गर्नु भएको हो । बटौलीमा निम्तो छ मलाई जानु पर्छ जोर मादल भिरेर, अचेल गाउमा यस्तै छ साननानी, भैसी पालेर जस्ता गितका सर्जक रायमाझी गित संगित क्षेत्रका अनुसन्धानकर्ता पनि हुनुहुन्छ ।
राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका पुर्व अध्यक्ष समेत रहनु भएका रायमाझी गित संगित तथा नाट्य प्रतिष्ठानका प्राज्ञ समेत हुनुहुन्छ ।
बरिष्ठ सर्जक रायमाझीको गित विमोचन गर्दै श्रम मन्त्री बिष्टले सरकार र मन्त्रालयको भावना गितले प्रकट गरेको बताउनु भयो । सरकार र नेताहरुले गरेको आह्वानलाई जनताले सजिलै नपत्याउने गरेकाले कलाकारहरुले आह्वान प्रभावकारी हुने र हजारौ युवाहरु स्वदेश फर्किन प्रेरित हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा काँग्रेस प्रवक्ता तथा गितकार विश्वप्रकाश शर्माले गितले विदेशीएका चालिस लाख नेपालीलाई आफ्नै घरमा बोलाएको बताउनु भयो । उहाँले यो गित एक दुई महिनाका लागि मात्रै नभएर यस दशक भरीकै गित भएको धारणा राख्नुभयो ।
भिजन लुम्बीनीको संयोजनमा भएको विमोचन कार्यक्रममा भिजन लुम्बिनीका अध्यक्ष जगत पोखरेल, सर्जक रायमाझी, एनआरएनका सहकोषाध्यक्ष सोमप्रसाद सापकोटा, पत्रकार ऋषी धमलालगायतल यो गितले नेपाल र नेपालीको अहिलेको भावना र आवश्यकता बोलेको बताउनु भएको थियो ।