Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:०५ बिहान
- ADVERTISEMENT -

गोरखामा स्रोत केन्द्र निर्माणका लागि १० रुपयाँ सहयोग अभियान सुरु

प्रकाशित मिति: २०७५ असोज २२, सोमबार

1711
Shares

गोरखा, २२ असोज २०७५ । जिल्लामा आइतबारबाट १० रुपयाँ सहयोग अभियान सुरु भएको छ । एकिकरण नेपाल नामक गैरसरकारी संस्थाले गोरखामा अन्तराष्ट्रिय स्रोत केन्द्र निर्माणको लागि उक्त अभियान सुरु गरेको हो । ‘हामीले जतिपनि देश घुमेयौं भने संसारले हेर्न भनेको संग्रालय रहेछ, विश्वले इतिहासलाई सग्रालयमा थुनेर राखेको छ’ एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले भने ‘हामी पनि हाम्रो इतिहास जिबन्त राख्न चाहान्छौ, त्यसैले यो अभियान सुरु गरेका हौं ।’ १० रुपयाँ क्यापियन नाम दिएको उक्त अभियान मार्फत देश तथा विदेशमा आर्थिक संकलन गरिने त्यसबाट जम्मा भएको रकमले गोरखा नगरपालिका वडा नम्बर १० बिरेनचोकमा अन्तराष्ट्रिय स्रोत केन्द्र स्थापना गर्ने कार्यन्योजना बनाइएको छ ।

सोही अनुरुप आईतबारबाट उक्त अभियानको थालनी भएको छ । राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले एक सय रुपयाँ दिएर उक्त अभियानको थालनी गरेका हुन । ‘जसले हामीलाई सहयोग गर्नुहुन्छ उहाँहरुबाट कम्तीमा १० रुपयाँ लिन्छौ’ कार्यकारी निर्देशक देवकोटाले भने ‘सहयोगी मन हुनेहरुले सो भन्दा धेरै पनि सहयोग गर्न सक्नुहुन्छ ।’ देशभरका हरेक नेपाली घरमा र विश्वका ३० भन्दा बढि देशहरुमा अभियान सञ्चालन गर्ने र संकलन भएको रकमले अन्तराष्ट्रिय स्रोत केन्द्र निर्माण गर्ने उनले बताए । उक्त स्रोत केन्द्रमा नेपालका ख्याती प्राप्त व्यक्तिको तस्बिर सहितको जानकारी, नेपालका मौलिक कला सस्कृतिको संग्रह गरिनुका साथै नेपालको पहिचान झल्केन विभिन्न कुराहरु राखिनेछ । ‘हामीले पूर्वीय दर्शन र यहाँका परम्परा र इतिहासलाई समेटेर त्यो सग्राहालय बनाउने छौ’ उनले भने ‘जहाँ नेपालको सम्पुर्ण चित्र देख्न सकिने छ ।’

उक्त स्रोत केन्द्रमा अन्तराष्ट्रिय स्तरका १० वटा भन्दा बढि तालिम केन्द्रहरु, सय भन्दा बढि आवासिय कोठा निर्माण गर्ने योजना छ । हरेक तालिम केन्द्रलाई एक÷एक वटा प्रदेश र त्यहाँ बन्ने हरेक आवासिय कोठाहरुमा जिल्लाहरुको नामकरण गर्ने उनले बताए । ‘प्रदेशको नाममा रहेका हलहरुमा सम्बन्धित प्रदेशको जानकारी राख्नेछौ’ देवकोटाले भने ‘जिल्लाका नाममा रहने आवासियक कोठाहरुमा सम्बन्धित जिल्लाको जानकारी रहनेछ ।’ गोरखालाई विश्व मानचित्रमा चिनाउनुका साथै, आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउने लक्ष्यका साथ अभियान सुरु गरिएको हो । कार्यक्रमको सुभारम्भ गदै राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले नेपाल ऐतिहासिक धार्मिक र पर्यटकिय हिसाबले भरिपूर्ण देश भएको भन्दै इतिहासलाई सग्रह गर्न सके त्यसबाट ठूलो आर्थिक उन्नती गर्न सकिने बताए । ‘हामीले हाम्रा पहिचानलाई विश्व सामु सेल्स गर्न सकेका छैनौं’ उनले भने ‘गोरखा जस्तो ऐतिहासिक धार्मिक र पर्यटकिय जिल्लामा अन्तराष्ट्रिय स्तरको स्रोत केन्द्र बनाउन सकियो भने त्यसले यो क्षेत्रको कार्यापलट गर्ने छ ।’

१० वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको उक्त स्रोतकेन्द्र निर्माणका लागि आर्थिक संकलनलाई तिब्रता दिने एकिकरण नेपालले जनाएका छ । गोरखाको सामाजिक क्षेत्रमा क्रियाशिल एकिकरण नेपालले आफ्नो १० औ स्थापना दिवश पनि मनाएको छ । एकिकरण नेपालका अध्यक्ष कृष्ण बहादुर कोइरालाको अध्यक्षता तथा राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता पाण्डेका प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, गोरखा नगरपाकिला प्रमुख राजनराज पन्त, सिरानचोक गाउँपालिका प्रमुख राजु गुरुङ, हेर्ड नेपालका अध्यक्ष प्रताभराज वन्त, केएर नेपालका प्रमुख माधब ढकाल, संस्थाका सल्लाहाकारहरु स्थानेश्वर दुवाडी र किशोरजंग थापा लगायतले मन्तव्य राखेको सचिव दुर्गा गुरुङले जानकारी दिइन । कार्यक्रममा कार्यकारी निर्देशक देवकोटाले हाल सम्म भए गरेका काम बारे जानकारी गराएका थिए । सोही अबसरमा उत्कृष्ट काम गर्ने र सस्थाको जग्गा खरिदका लागि सहयोग गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -