- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कांग्रेस कार्यसमिति बैठकमा नेविसंघमा ३२ वर्षे उमेर हद लगाउने प्रस्ताव

October 8, 2018
1578
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, २२ असोज २०७५ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मा ३२ वर्ष उमेर पूरा भएकाले निर्वाचन लड्न नपाउने प्रस्ताव प्रस्तुत भएको छ ।

सहामन्त्री एवं पार्टीद्वारा गठित निर्देशन समितिका संयोजक प्रकाशरण महतले आइतबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा त्यस्तो प्रस्ताव प्रस्तुत गरेका हुन्। उक्त प्रस्तावमाथि अहिले छलफल भइरहेको छ। विद्यार्थी नेताहरुले ३२ वर्षे उमेर हद लगाउन माग गर्दै आजै बिहान पार्टीका शीर्ष नेताहरुलाई ज्ञापन बुझाएका थिए ।

- ADVERTISEMENT -

Advertisement

३२ वर्ष नाघेका विद्यार्थी नेताहरुले उमेर हद नराख्न दबाव दिँदै आएका छन्। पार्टीमा भने संस्थापन पक्ष ३२ वर्ष उमेर हद लगाउने पक्षमा उभिएको छ भने संस्थापनइतर पक्ष हटाउने पक्षमा छ। त्यसैको विवादले शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकसमेत स्थगित गरिएको थियो ।

ज्ञापन पत्र बुझाउन नेवि संघ नेता प्रेम जोशी नेतृत्वमा विभिन्न क्याम्पसका करिब ३ सय विद्यार्थी र केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु पार्टी कार्यालय सानेपा पुगेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com