Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०१:३४ बिहान
- ADVERTISEMENT -

वडाअध्यक्षकाे पहलमा बुंकोटमा बिशेषज्ञ डाक्टर सहितको सेवा

प्रकाशित मिति: २०७५ असोज २१, आइतबार

1560
Shares

गोरखा, २१ असोज २०७५ । शहिद लखन गाउँपालिका वडा न ७ र ८ मा बिशेषज्ञ डाक्टरसहितकाे सेवा सुरू भएकाे छ । गाउँपालिकाकाे अार्थिक बर्ष २०७५/७६ काे स्वाथ्य कार्यक्रम अन्तगत ७ र ८ वडाले कार्यक्रम सुरूवात गरेकाे हाे ।

बुंकोट स्वास्थ्य चौकीबाट अब हरेक हप्ताको शुक्रबार गोरखा अस्पतालका बिशेषज्ञ डाक्टरहरुले निशुल्क स्वास्थ्य जाँच गराउने ब्यवस्था मिलाइएको वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो । ‘सदरमुकामबाट नजिक रहेर पनि स्वास्थ्य सेवाको पहुँचबाट यहाँका जनता टाढा हुनुपरेको अवस्था छ’ उनले भने ‘अब हरेक हप्ता बिशेषज्ञ डाक्टरहरुलाई गाउँमै ल्याएर जाँच गराउने प्रवन्ध मिलाएका छौ’ उहाले भन्नुभयो ।

‘हामीले पहिला पनि जनतासंग प्रतिवद्धता गरेका थियौ, गाउँमै भरपर्दो स्वास्थ्य सेवा ल्याउछौ भनेका थियौ, आजबाट सुरु भयो, यसले पक्कै पनि यहाँका जनतामा ठूलो राहत मिल्नेछ’, ‘यो अभियानमा हामीलाई गोरखा अस्पतालले सहयोग गरेको छ, अस्पतालसंग हाम्रो एक बर्षको सम्झाैता भएको छ।’ श्रेष्ठले भन्नुभयो ।

जिल्ला अस्पतालले निशुल्क रुपमा प्रत्येक हप्ता विशेषज्ञ डाक्टर बुंकोट पठाउने र त्यँहासम्म जाने आउने वडाले यातायात र खाजाको ब्यवस्था गर्ने सम्झौतामा उल्लेख छ ।

बुंकोटबाट यस्तो सेवा सुरु गर्न पाउदा आफुहरु पनि निक्कै खुसी भएको गोरखा अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर श्रीराम तिवारीले जानकारी दिनुभयो । त्यस क्षेत्रका बिरामीलाई गाउँमै गएर सेवा दिन वडा कार्यालयबाट अनुरोध आएपछि आफुले सम्झौता नै गरेर काम अघि बढार्इकाे हाे ।

जिल्ला अस्पतालको सेवा प्रभावित नहुने गरी बुंकोटमा सेवा सुरु गरिएको बताएका छन् । यस अघि गोरखा नगरपालिका १० छेपेटारबाट पनि अस्पतालले दैनिक रुपमा बिशेषज्ञ डाक्टर सहितको सेटेलाइट क्लिनिक सञ्चालन गरिसकेको छ ।

बुंकोट स्वास्थ्य चौकीमा शुक्रबार संचालन गरिएको सो सेवाबाट ८० जना बिरामीले स्वास्थ्य परिक्षण गराएका छन् । अस्पतालकी डा. सुचिता अमात्यायले बिरामीको स्वास्थ्य परिक्षण गराउनु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -