२०८३ वैशाख ६, आइतबार
१०:४९:४० राति
- ADVERTISEMENT -

दशैँ मनाउन घर फर्किदै नेपाली

प्रकाशित मिति: २०७५ असोज १८, बिहीबार

1938
Shares

बाँके, असोज १८ गते । भारतको गुजरातबाट दशैँ मनाउन घर फर्किएका दैलेख सिङ्गौडीका लालबहादुर शाही बिहान झिसमिसेमै रुपैडिहा बसपार्कमा आइपुग्नुभयो । दुई दिनको यात्रा सकेर रुपैडिहासम्म पुग्दा उहाँ थकित देखिनुहुन्थ्यो ।

उहाँलाई एउटै कुराको चिन्ता थपिएको थियो कि सीमाना रुपैडिहामा बसेका भारतीय प्रहरीको गाली सहनुपर्छ भन्ने । “कमाएको पैसा घर आँगनमै पुगेको बेला लुटिने आशङ्कामा डराइडराइ जमुनाहासम्म आइपुगेँ”,शाहीले भन्नुभयो । तर, जब उहाँ जमुनाहा पुग्नुभयो ढुक्कसँग नेपाल प्रवेश गर्नुभयो । दुई वर्षसम्म नेपाल नआएकोले उहाँ ढुक्कसँग घर पुग्नेमा आशावादी देखिनुहुन्थ्योे ।

उहाँजस्तै भारतको सिमलाबाट नेपाल फर्किदै गर्नुभएका जाजरकोट जगतीपुरका आइते विकलाई पनि उस्तै चिन्ता थियो । उहाँले भन्नुभयो, “सीमामा भारतीय प्रहरीले दुःख दिन्छ, सामान खोतलेर हैरान बनाउँछ भन्ने चिन्ता थियो तर त्यसो भएन ।” दशैँ नजिकिएसँगै भारतबाट घर फर्कने नेपालीलाई सुरक्षित गन्तव्यसम्म पु¥याउन नेपाल प्रहरीले राम्रै खटनपटन गरिरहेको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका इञ्चार्ज प्रहरी निरीक्षक शिव वलीका अनुसार भारतीय प्रहरीसँगको समन्वयमा रुपैडिहा रेल्वे स्टेशन र बसपार्कमा नेपाल प्रहरी आफैँ पुगेर यात्रुलाई सुरक्षित साथ नेपाल भित्र्याउने गरेको छ ।

प्रहरी निरीक्षक वलीले भन्नुभयो, “रुपैडिहा रेल्वे स्टेशन र बसपार्कमा हुने ठगी, लुटपाट र अन्य घटना हुन नदिन नेपाल प्रहरी त्यहाँ पुग्ने गरेको छ ।” भारतबाट नेपाल आउने नेपाली यात्रुलाई सुरक्षित गन्तव्यमा पु¥याउन प्रहरीले सीमानाका जमुनाहामा यात्रु सहायता कक्षसमेत स्थापना गरेको छ । भारतबाट फर्किने नेपालीलाई लुटपाट, ठगी र अन्य अपराधजन्य घटना हुन नदिन यात्रु सहायता कक्षा स्थापना गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले भारतीय प्रहरी, एसएसबी र भारतीय भन्सारसँग समन्वय गरी नेपालीलाई जाँचका क्रममा बिना झण्झट सुरक्षित नेपाल आउने व्यवस्था मिलाइरहेको छ । नेपाली आफ्नो समूह बनाएर नेपाल फर्किरहेका छन् । जमुनाहा नाका भएर दैनिक हजारको हाराहारीमा नेपाली फर्किरहेको प्रहरीले जनाएको छ ।

जाजरकोट शिवालय–२ का खगेन्द्र विक चाडपर्व मनाउन नेपाल फर्किएको बताउनुहुन्छ । “घर परिवारसँगै चाडपर्व मनाउन घर फर्किएको हुँ”, उहाँले भन्नुभयो, “तिहारपछि फेरि उतै फर्कन्छु ।” कुशे गाउँपालिका–५ का हीरालाल टमाटा एक वर्षपछि चाडपर्व मनाउन आफू घर फर्किएको बताउनुहुन्छ । चाडपर्व मनाएर फेरि भारतनै जाने बताउँदै हीरालालले भन्नुभयो, “उता कमाइ ठीकठीकै छ । यता बसेर रोजगारी पाइँदैन, भारत नगई सुखै छैन ।”

भारतबाट फर्किने नेपालीका कारण एक महीनायता नेपालगञ्जका होटल भरिभराउ भएर राम्रो व्यवसाय गर्न थालेका छन् । मध्यपश्चिमका पहाडी जिल्लाबाट वर्षेनी हजारौँ नेपाली रोजगारीलाई भारत जान्छन् । “अरु बेला आउन नसकेपछि दशैँको बेला बिदा मिलाएर टीका जमरा थाप्न घर आएका छौँ”, श्रीमान्सँग भारतको दिल्लीमा कमाउन गएको बताउँदै सुर्खेत चिङ्गाड गाउँपालिका–३ की जमुना विकले भन्नुभयो, “वर्षमा आउने ठूलो चाड घर त आउनु नै प¥यो नि ।”

चिङ्गाडकै विवेक खड्का दशैँ तिहार मनाउन घर फर्किन पाउँदा खुशी भएको बताउनुहुन्छ । “चाडपर्वमा घर आउने भन्छौँ के के नमिल्ने यसपालि आउन पाउँदा धेरै खुशी छु । परदेशमा दशैँ मनाउनु र आफ्नै गाउँठाउँ र साथीसङ्गीसँग मनाउन पाउँदा कसलाई खुशी लाग्दैन र ?” आर्थिक स्थिति कमजोर भएका नेपाली भारतमा कमाइ गरेर दशैँ तिहार मनाउन भदौ महिनादेखि घर फर्किने गर्छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98