आश्विन १३, २०७५ – नेपाली कांग्रेसको विधान मस्यौदामा पार्टी सभापतिलाई पुर्ण अधिकार दिने वा सामुहिक नेतृत्व प्रणाली भन्ने विषयमा नेताहरु विभाजित भएका छन् । प्रादेशिक तहमा सुझाव संकलनका क्रममा बोल्ने प्रतिनीधिहरुबीच दुई धार देखिएको हो ।

सुझाव संकलनका क्रममा केन्द्रमा जस्तै प्रादेशिक तहमा पनि सभापतिलाई पुर्ण अधिकार वा सामूहिक नेतृत्व भन्ने विषयमा फरक फरक विचार आएको केन्द्रीय सदस्य एवं विधान मस्यौदा समितिका सदस्य मिन विश्वकर्माले जानकारी दिनुभयो । सुझाव संकलनका क्रममा पार्टी सभापति शेर वहादुर देउवा पक्षीय नेताहरुले पुर्ण अधिकार सहितको निर्वाचित सभापतिको व्यवस्था गर्नुपर्ने बताएका छन् । संस्थापन इतरका नेताहरु भने सभापतिलाई एकलौटी अधिकारी दिन नहुने पक्षमा छन् । सभापतिको एकलौटी निर्णयले पार्टीमा निरंकुश शैली आउन सक्ने भएकाले सामूहिक नेतृत्वको अभ्यास गर्नुपर्ने आवाज आएको केन्द्रीय सदस्य प्रदिप पौडेलले बताउनुभयो ।

मुलुक संघीय संरचनामा गएको झण्डै ३ वर्षपछि पार्टीभित्र संघीयताको अभ्यास थालेको कंग्रेसले पछिल्लो समय पार्टी विधानबारे प्रदेश स्तरमा छलफल तिव्र पारेको हो । गत सोमबार शुरु सुझाव संकलन कार्य आज सकिँदैछ । सातै प्रदेशबाट आएको सुझावलाई आगामी वुधवार सम्म एकीकृत गरेर मस्यौदालाई अन्तिम रुप दिईने कार्यलय सचिव प्रेम केसीले जानकारी दिनुभयो ।

विभिन्न ८ तह रहने भनिएको प्रारम्भिक मस्यौदामा पार्टीका सवै संरचनामा एक तिहाई महिलासहित सवै वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । प्रादेशिक तहमा छलफल सकिएपछि भदौ तेस्रो साता सम्ममा पार्टीको विधान मस्यौदालाई अन्तिम रुप दिईने केन्द्रीय सदस्य पौडेलले बताउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्