टोकियो, १२ असोज २०७५ । रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल कलाकार कल्याणकारी कोषको सहयोगार्थ प्रथम पटक गायक तथा संगीतकार रामकृष्ण बम मल्ल एकल साँगीतिक सॉंझ २०१८ हुनु भएको छ ।

आगमी अक्टोबर २ तारिक मगलबारको दिन जापानको टोकियो मेगुरो कुमिन सेन्टरमा आयोजना गर्न लागिएको हो ।

गीत संगीतको कुनै भाषा , भूगोल र सीमारेखा हुदैन । यसमा अदम्य शक्ति छ । तसर्थ नेपाली कला, सँस्कृति, गीत, संगीतको माध्यमबाट जापानमा नेपालको चिनारी बढाउने र दुई देश बिचको साँस्कृतिक सम्बन्धलाई थप उचाईमा पूर्याउन , नेपाल-जापान दुईदेश बिच रहीआएको असल सम्बन्धलाई प्रेरित गर्ने कार्यक्रमको माध्यमबाट जनस्तरसम्म पूर्याऊन , जापानी नागरिकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गरी देशको पर्यटन प्रवर्धनमा टेवा पूर्याउन र यस कार्यक्रमबाट संकलित रकम कलाकारहरुका लागि भैपरी आउने आकस्मिक विपत्तिको सहयोग गर्न वि. सं. २०६२ सालमा नेपाल सरकार वा कुनै दातृ निकायको सहयोग विना नै विशुद्ध कलाकारहरु र कलाप्रेमीहरुद्वारा स्थापित ’कलाकार कल्याणकारी अक्षय कोष नेपाल’ लाई सहयोग गर्न संकलित उक्त अक्षय कोष हालसम्म ७० लाख रुपैंयाँ जम्मा भईसकेको र यसवर्षलाई कोष अभिवृद्धि वर्षको रुपमा देश तथा विदेशमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी १ करोड रुपैयाँ पूर्याउने लक्ष्य सहित उक्त कोषको सहयोगार्थ जापानमा ’रामकृष्णबम मल्ल” पहिलो एकल सांगीतिक साँझ’ गरिने भएको छ,।

रामकृष्णबम मल्ल एकल सागितिक साझ २०१८ को सफलताको लागी आर्थिक रूपमा सहयोग उपलब्ध गराउनु हुने सम्पुर्ण सहयोगी मनहरूमा हार्दिक धन्यबाद ब्यक्त गर्दै नेपाली भाषा कला साहित्य गीत संगीतका साथै नेपाली कलाकारहरूको दुख सुखमा साथ दिनु हुने सबैमा सहयोगको लागी हार्दिक अनुरोध गरिन्छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्