२०८२ चैत २९, आइतबार
६:५०:२५ बेलुका
- ADVERTISEMENT -

विधान संशोधनका लागि देशभरबाट सुझाव संकलन गर्दै कांग्रेस

प्रकाशित मिति: २०७५ असोज ११, बिहीबार

1537
Shares

काठमाडौं, ११ असोज २०७५ । विधान मस्यौदा समितिले तयार गरेको प्रारम्भिक मस्यौदामाथिको छलफलका लागि नेपाली कांग्रेसले सातै प्रदेशमा छलफल गरिरहेको छ ।

समितिले तयार गरेको विधानको मस्यौदामाथि सुझाव लिन नेताहरु उपत्यका बाहिर निस्किएका हुन् । मस्यौदा समितिमा रहेका १३ सदस्यसहित नेताहरु सातै प्रदेशमा खटिएका छन् । विधानका विषयमा राय लिन सात प्रदेशका १२ स्थानमा कार्यक्रम गर्ने मस्यौदा समितिले जनाएको छ ।

विधान संशोधन सुझाव संकलनका लागि प्रदेश १ को विराटनगरमा आयोजित कार्यक्रममा महामन्त्री तथा विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्का र डा शेखर कोइराला सहभागी छन् । सोही प्रदेशमा आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, डा डिला संग्रौला र सरिता प्रसाईलगायतका नेता खटिएका छन् ।

गण्डकी प्रदेशमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसहित विधान मस्यौदा समितिका सदस्यहरु फरमल्लाह मन्सुर र अमरसिंह पुनलगायत नेता खटिएका छन् ।

प्रदेश २ मा डा मिनेन्द्र रिजाल र डिना उपाध्यायले जनकपुर र वीरंगजबाट सुझाव संकलन गर्ने जनाइएको छ । प्रदेश ३ मा दिलेन्द्र बडु, सिता गुरुङलगायतका नेताले काठमाडौं र ललितपुरबाट सुझाव संकलन गरेको बताइएको छ ।

त्यसैगरी प्रदेश ५ मा रमेश लेखक र मदन अमात्य खटिएका छन् । कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ७ को कैलालीमा सुझाव संकलन जारी छ । सह–महामन्त्री डा प्रकाश शरण महत, मीन विश्वकर्मा, प्रदीप पौडेललगायतका नेता कर्णाली र प्रदेश ७ मा सुझाव संकलनका लागि खटिएका छन् ।

सातै प्रदेशमा एकसाथ राखिएको सुझाव संकलन शुक्रबार सकिने छ । प्राप्त सुझावलाई मूल समितिले एकत्रित गरी मस्यौदालाई दशैंअघि अन्तिम रुप दिनेछ । तिहारअघि केन्द्रीय समितिको बैठकमा पेस गरिने मस्यौदा समितिले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16