२०८३ वैशाख ८, मंगलबार
३:५८:०३ दिउँसो
- ADVERTISEMENT -

जनताको सम्मृद्धिको चाहाना पूरा गरेरै छाड्छौ: अध्यक्ष दाहाल

प्रकाशित मिति: २०७५ असोज १०, बुधबार

1549
Shares

काठमाडौँ, १० असोज  

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारबाट काम हुँदैन कि भनेर चिन्ता नलिन आग्रह गर्नुभएको छ । वर्तमान सरकारले जनताको सम्मृद्धिको चाहाना पूरा गरेरै छाड्ने अध्यक्ष दाहाले बताउनुभयो ।जनचाहनाअनुरुप परिणामुखी काम गर्न सरकार र पार्टी दुवै लागिपरेको बताउँदै नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन कार्यक्रममा बोल्दै भन्नुभयो, ‘सरकारको कामको गम्भीर समीक्षा गरी थप प्रभावकारी बनाउन लागिपरेको छ । धेरै ठूलो मेहनत र सङ्घर्षपछि हामी राजनीतिक स्थिरताको वातावरणमा आइपुगेका छौँ ।’

‘जनताको धेरै ठूलो अपेक्षा छ, स्थिर र शक्तिशाली सरकार बनिसकेपछि छिटोछिटो र राम्रो काम जनताको पक्षमा परिणाम देखिने गरी होस् भन्ने अपेक्षा छ, हुँदैन कि भनेर चिन्ता पनि व्यक्त हुने गरेका छन्, जनताका गुनासा कहाँनेर व्यक्त भएका छन् भनेर सरकार र पार्टी गम्भीर भएर समीक्षा गर्दै आगामी काम कारवाहीलाई परिणाममुखी हुने गरी अघि बढ्छौँ ।’

उहाँले अबको दशकसम्म आर्थिक क्रान्तिको स्वर्णिम युग रहेको तर, गलत संस्कार तथा नेतृत्वको कमजोरीले जनतामा निराशा आउने हो कि भन्ने चिन्ता पनि बढेको उल्लेख गर्दै त्यसलाई समृद्धिको आशामा परिणत गर्न ठूला लक्ष्य राखेर सङ्कल्पका साथ सबै एकताबद्ध भएर लाग्नुको विकल्प छैन भन्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले अहिले मुलुकमा ठूला राजनीतिक परिवर्तनहरू संस्थागतको क्रममा रहेको तर पञ्चायतकालीन ऐन, नियम र कानूनले काम कारवाहीलाई अवरोध गरिरहेको प्रसङ्ग उल्लेख गर्दै ऐन कानून संशोधन र व्यवस्थापन गरी आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकको समग्र आर्थिक समृद्धि र सभ्यताको विकास गर्ने महत्वपूर्ण आधार पर्यटन क्षेत्र नै भएकाले होटलपछि सबैभन्दा धेरै लगानी भएको पर्यटक यातायात सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारले नीतिगत प्रोत्साहन तथा विशेष सहुलियतको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनको महत्वपूर्ण पाटोको रूपमा रहेको पर्यटक यातायात सेवालाई कानूनीरुपमा व्यवस्थित गरी सेवाको गुणस्तरमा विशेष ध्यान दिइने उल्लेख गर्नुभयो ।

सरकारले घोषणा गरेको सन् २०२० लाई नेपाल भ्रमण वर्षको प्रारम्भको रुपमा लिई सन् २०३० सम्म भ्रमण वर्षकै रुपमा मनाई ५० लाख पर्यटक पु¥याउने योजनाअनुरुप पर्यटकीय पूर्वाधार विकासलाई तीव्रता दिएको उहाँको भनाइ थियो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ९टान० का अध्यक्ष नवराज दाहाललगायतले पर्यटक भित्र्याउने पहिलो अधार विमानस्थलपछि यातायात नै भएकाले पर्यटक यातायातलाई सुरक्षित र व्यवस्थित बनाइनुपर्नेमा जोड दिनुभयो ।

सङ्घका अध्यक्ष रामशरण कार्कीले पर्यटनमा होटलपछि धेरै लगानी भएको पर्यटक यातायात क्षेत्रलाई नीतिगतरूपमा व्यवस्थित ढङ्गले अघि बढाउन सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो ।

सो अवसरमा पर्यटन क्षेत्रमा योगदान पु¥याएबापत पर्यटन व्यवसायी मनोज श्रेष्ठ, राष्ट्रिय पर्यटन पत्रकार सङ्घका अध्यक्ष शिव अधिकारीलगायतलाई सम्मान गरिएको थियो । सोही अवसरमा पूर्व पर्यटन सचिव सुरेशमान श्रेष्ठलाई सङ्घको प्रमुख सल्लाहकार र चेम्बर अध्यक्ष श्रेष्ठलाई मानार्थ सदस्यको रूपमा सम्मान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81