Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३६:३७ बिहान
- ADVERTISEMENT -

कांग्रेसलाई झनै सङ्गठित र सर्वश्रेष्ठ पार्टी बनाउने सुझाव दिनोस : महामन्त्री कोइराला

प्रकाशित मिति: २०७५ असोज १०, बुधबार

1763
Shares

पोखरा असोज १०

नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले ऐतिहासिक कालखण्डमा बिपी कोइरालाले लेख्नु भएका पार्टीको विधानलाई गम्भीर भएर परिमार्जन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस कास्कीले पोखरामा विधान संशोधन एवं सुझाव सङ्कलन विषयमा आयोजित दुई दिने प्रदेशस्तरीय भेलामा महामन्त्री कोइरालाले बिधानमा नेपाली काङ्ग्रेसलाई झन सङ्गठित र सर्वश्रेष्ठ पार्टी बनाउने खालका सुझाव दिन सबैमा आग्रह गर्नुभयो ।

नेपाली काङ्ग्रेसका विधानको सम्बन्धमा सुझाव दिने विषय संविधानको विपरीत नहुनेतर्फ कार्यकर्तालाई सचेत गराउँदै उहाँले पार्टीको विधानमा आवश्यकता अनुरुप सुझाव दिनुपर्नेमा जोड दिनुभयो ।

पार्टी विधान संशोधन तथा सुझाव सङ्कलन टोली गण्डकी प्रदेशका संयोजक फरमुल्ला मन्सुरले गतिशील र सङ्गठित काङ्ग्रेस बनाउनका लागि पार्टीको विधानमा परिमार्जन गरेर एक तिहाइ पद आरक्षित गर्न लागिएको जानकारी दिनुभयो ।

संविधानअनुरुप, समावेशी, समानुपातिकको आधारमा महिला, दलित, आदिवासी जनजाति, थारु, मधेशी, मुश्लिमलगायतका वर्गलाई समेटेर विधान बनाउन लागिएको उहाँले स्पष्ट पार्नुभयो ।

विधान संशोधन तथा सुझाव सङ्कलन टोलीका सदस्य अमरसिंह पुनले काङ्ग्रेसलाई मजबुत बनाउने खालका सुझाव दिन आग्रह गर्दै पार्टीको विधानमा सम्मानित सदस्य, विशेष सदस्य, क्रियाशील सदस्य र गाउँ–टोली समितिको रुपमा वर्गीकरण गर्ने सोचाइ रहेको उल्लेख गर्नुभयो ।

नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीको आन्तरिक शक्तिलाई बलियो बनाउनुपर्ने विषयमा जोड दिँदै युवा पुस्तालाई पार्टीको मूलधारमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -